Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जाजरकाेटमा पहिराेमा परि ३ काे मृत्यु १३ जना जतिकाे अासंका । 

जाजरकाेट,२0साउन ।  शनिवार देखि परेकाे अबिरल वर्षााले जाजरकोटको भेरी नगरपालिका– ३ ठाँटीबजारमा दुई वटा घर पुरिएका छन् । आइतबार बिहान करिब ७ बजेतिर पहिरो खसेर २ अाेटा घर पुरीएकाे हो । घरभित्र ५ जना बालबालिका रहेको जानकारीका आधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् । अहिलेसम्म ती बालबालिका मृत अवस्थाम उद्धार गरीएकाे मृतककाे सनाखत हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका नि.कार्यालय प्रमुख इन्द्रजित सुनारले जानकारी दिए । हाल सम्म मृतककाे सनाखत हुन सकेकाे छैन ।

गाेपाल सुनारकाे र तिर्थ बाेहराकाे घरमा अाएकाे पहिराेमा हाल सम्म मजदुरी गर्दै अाएका लाल बहादुर लुहार लार्इ सकुसल उद्धार गरिएकाे समेत जिल्ला प्रहरी जाजरकाेटले जनाएकाे छ । उद्धार गरीएका लुहारका अनुसार ३ जना बालबालीकाहरूकाे मृत्यु भइसकेकाे र श्रीमति जिउदै हुन सक्ने भन्दै सबैलाइ उद्धारकाे लागि अाग्रहर गरे हाल सम्म कुनै पनि एकिङ बिवर0ा अाउन नसकेकाेले उद्धार कार्य जारी रहेकाे समेत प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ जना जति हुनेमा अासंका गरिएकाे समेत जिल्ला प्रहरी ले जानकारी दिएकाे छ ।

उता भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिका भित्र भएकाे धन जनप्रति गहिराे दुख ब्यत्त गरेका छन । साथै मृतक लाइ उचित राहात तथा घाइतेलाइ हेलिक्पटर बाट काठमा0डाै ल्याउने तयारी भइरहेकाे बताए । घटनामा उद्धार जारी रहेकाे छ ।

उता प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले भे.न.पा. ३ पिपल चाैतारीकाे तीर्थ वाेहराकाे घर र गाेपाल सुनारकाे घर पहिराेले पुरिएकाे । तीर्थ बाेहराकाे घरमा डेरा गरी बस्ने लाल बहादुर लाेहारकाे जीवीत उद्धार तर निजकाे छाेरी मृत अवस्थामा निकालिएकाे । श्रीमती र २ छाेरा समेतकाे मृत्यु भएकाे, लास निकाल्ने काम हुँदे । गाेपाल सुनारकाे घरमा समेत पुरिएकाेले उद्धार कार्य सेना, प्रहरी, सशस्त्र प्रहरीकाे सकियतामा जारी ।


यस्तै तीन साताअघिको भारी वर्षाले खहरे खोला, भेलाले, न्युरोड, रेडक्रस भवन, सिटिजन बैंक, रिसाङ, स्याँलालगायत स्थानमा सडक भत्किएको छ । खहरेखोला र रेडक्रस भवन नजिकको सडकमा मान्छे हिँड्ने बाटोसमेत छैन । पैदलयात्री जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।
सडक विस्तार गर्दा मापदण्डअनुसार नाली नबनाइएकाले पानीले सडक बगाउँदै लगेको छ ।

पहिरोले खलंगा आउन र जान समस्या भएको भेरी नगरपालिका –३ का बुद्धिबहादुर खत्रीले बताए । सदरमुकाममा यातायातका साधन चल्ने बाटो बन्द भएपछि वृद्धवृद्धा र बिरामी बढी समस्यामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको मूल्य अकासिएको छ ।

खलंगा बजार तल रहेको जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका–३ र ४ का न्युरोड, शान्तिचौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातार वर्षासँगै घरमुनिको सडक पहिरिन थालेपछि खलंगावासी जाग्राम बस्ने गरेका छन् ।

पहिरोले न्युरोड र ठाँटी बजारको पूरै बस्ती बग्ने खतरा बढेको छ । ४र५ तले पक्की घर पहिरोको जोखिममा परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । पहिरोले भद्रबहादुर वली, गुलावी सुनार, केशव बस्नेत, तेजबहादुर खत्री, शान्तबहादुर शाही, लोकबहादुर खत्री, मेनुका खडका, हर्कबहादुर खडका, गणेशबहादुर थापा, बलबहादुर विक, रेशम सुनार, भीमराज सिंह, गणेश कामीलगायतको घर उच्च जोखिममा परेको स्थानीय शान्तबहादुर शाहीले बताए ।

मापदण्डअनुसार सडक निर्माण तथा उचित ढल निकासको व्यवस्था नहुँदा खलंगा बजारलाई घेरेर ठूला पहिरो जानुका साथै दर्जन स्थानमा सडक भासिएको शाहीले बताए । उनका अनुसार गत साउन ६ गतेदेखि पहिरो खस्ने क्रम रोकिएको छैन । ‘तत्काल पहिरोको रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा बढदै गएको छ,’ उनले भने ।

भिरालो भूबनोटको खलंगामा डोजर लगाएर जथाभावी सडक खन्दा पहिरोको जोखिम बढेको उनले बताए । रुपैडियादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा कालेगाउँ सडक स्तरोन्नति गर्दा ग्याभिङ, नालीलगायतमा ध्यान नदिइएकाले खलंगा बजार पहिरोको मारमा परेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खण्ड स्तरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँ–ठाउँमा पहिरोको उच्च जोखिम भएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । यसले गर्दा खलंगा बजारका चार दर्जन पक्की घर जोखिममा परेको उनले जानकारी दिए ।

सडकमा नाली नबनाउनु, घर निर्माण गर्दा निस्किएको माटो जथाभावी फाल्नु, सडकछेउमा जथाभावी सेफ्टी टयांकी बनाउनु, भत्किएको सडक समयमै मर्मत सम्भार नगर्नु, जथाभावी बन विनाश गर्नुलगायत कारणले पहिरोको जोखिम बढेको घर्तीले बताए । पहिरोबाट खलंगा बजार जोगाउन चुनौती भएको उनले बताए । सिटिजन बैंकनजिक, खहरेखोला र रेडक्रस भवन तलको पहिरो नियन्त्रण गर्न करोडौं बजेट आवश्यक पर्ने प्रमुख घर्तीको भनाइ छ ।

भिरालो जमिनमा भवनसंहिता तथा प्राविधिक डिजाइनबिना ४र५ तले घर निर्माण गर्नु अर्को जोखिम भएको उनको भनाइ छ । ‘नगरपालिका क्षेत्रभित्र न सडकमा नाली छन् न ढल निकासको उचित व्यवस्था छ,’ उनले भने, ‘न त सडकछेउमा भवन निर्माण आचारसंहिता लागू गरेर घर बनेका छन् ।’

सदरमुकाम क्षेत्रको पहिरोको जोखिम टार्न स्थानीय सरकारको सामथ्र्यले नभ्याउने र तत्काल सम्बन्धित निकायले पहल नथाले ठूलो धनजनको क्षति हुने नगर प्रमुख घर्तीले बताए । पहिरोको जोखिम टार्न सडक विभाग, भवन तथा सहरी विकास विभागलगायत निकायले उचित योजना तथा बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । खलंगामा पहिरोको जोखिम घटाउन अनिवार्य ढल निकासको व्यवस्था तत्काल गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।


ताजा समाचार