Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

घरमै पुगेर गरे अध्यक्ष केसिले राहत रकम हस्तान्तरण ।


जाजरकोट,१९ साउन । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्त लाई राहात रकम हस्तान्तरण गरेका छन । बुधवार जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले राहात रकम हस्तान्तरण गरेका हुन । अविरल बर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका बेला घाइते भएका एकै घरका तीन जनालाई आफनो ब्यक्तितग पचिस हजार पिडितका आफनत हर्क बहादुर बुढालार्ई हस्तान्तरण गरिएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारि दिए ।

ब्यक्तिगत सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेहरु लाई जिल्ला अस्पताल जाजरकोटमा उपचार नभए थप उपचारको लागि गाउँपालिका बाहिर लिन तयार रहेको समेत बताए । हाल जिल्ला दैवीक प्रकोप समितिले २ लाख १६ हजार हस्तान्तरण गरेको र दुखमा पडेकाहरु लाई स्थलगत अध्यनको लागि छिर्कमा पुगि सो रकम हस्तान्तरण गरिएको अध्यक्ष केसीले बताए । गाउँपालिका भित्र भएको जनधनको क्षेतिमा दुख ब्यक्त गदै आगामि गाउँपालिका बासिलाई बाढि पहिरो बाट सजक रहन समेत आग्रह गरे ।

उता प्रमुख जिल्ला अधिकारि ललीत कुमार बस्नेतले हाल घरमुली भक्तबहादुर बुढा को स्वास्थ्य अवस्था सुधार भएकोर केही पहिले देखि रोग देखा परेकोले जिल्ला स्वास्थ्य जाजरकोटमा उपचार भइरहेको केहि दिनमा घर पठाउने डाक्टरको तयारी रहेको बताए । बुढाका नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा को स्वास्थ्य अवश्था ठिक भएको उपचारमा संलगन डा.केशर जंग कार्किले जानकारी दिए ।

पहिरो साउन ३ गते राति सुतिरहेको बेला घरमाथि बाट आउदा ५५ की ललि बुढा नातिनी अ।बर्ष ९ की श्रृजना बुढा उक्त पहिरोमा पुरीएर प्रहरी र स्थानियले उद्दार गर्दा मृत अवस्थामा भेटिएका थिए । उता प्रदेश सभा सदस्य कौशिलावती खत्रीले जिल्लाको जुनिचाँदे गाउँपालिकामा भएको धनजनको क्षेति प्रति प्रदेश सरकारको ध्यानाकर्ष पछि घर निर्माणको लागि आवश्यक पहल गरिएको बताइन ।


ताजा समाचार