Loading... आजः मङ्लबार, अशोज ५, २०७८

तिन दिने अभिकर्ता तालीम जाजरकोटमा सञ्चालन ।


जाजरकोट,१९ साउन । सिटिजन लाईफ इन्स्योरेन्स क.लि शाखा कार्यालय जाजरकोटले तिन दिने अभिकर्ता आधारभुत तालिम सञ्चालन गरेको छ । अभिकर्ताको क्षमता बिकास गरि बिमा क्षेत्रमा दक्ष बनाउनको लागि शुत्रबार देखि जिल्ला सदरमुकाम खलंगामा तिन दिने अभिकर्ता आधारभुत तालिम सञ्चालन गरिएको सिटिजन लाईफ इन्स्योरेन्स जाजरकोट शाखाका प्रमुख गोबिन्द बुढाले जानकारि दिए ।

बिमा समितिको अनुमति लिएर आ.व को पहिलो तालीम सञ्चालन गरिएको समेत प्रमुख बुढाले जानकारी दिए । जिल्लाम रहेको ब्यरोजगारी सम्स्यालाई मध्यनजर गरि ब्यरोजगार युवाहरुलाई रोज्गारीको अवसर सृजना गरि आत्मर्निभरतातिर उनमुख गराउनको लागि र बिमाको पहुँच जाजरकोटका सबै बस्तीहरुमा पु¥याउनको लागि शुत्रबार देखि तालीम सञ्चालन गरिएको बुढाको भनाइ छ ।

श्क्र बार देखि सञ्चालन भएको तालिमको सहजिकरण सिटिजन लाईफ इन्स्योरेन्स कोहलपुर शाखाका शाखा प्रमुख शिव खडकाले गरीरहेका छन । तालिम साउन २० गते सम्म सञ्चालन हुने आयोजनका संयोजक तिलक खडकाले जानकारि दिए ।


ताजा समाचार