एक महिना अगाडी देखीनै तिजको रौनक
सुरिता बस्नेत,
जाजरकोट । जाजरकोटमा एक महिना अगाडिनै तिजको रौनक बढ्न थालेको छ ।
बजारमा तिजगीत बज्नुका साथै किनमेल गर्नेहरूको चहलपहल निकै बढेको छ । गतबर्सको तुलनामा सदरमुकाम खलंगाका सुनचाँदी पसलहररूमा किनमेल गर्नेहरूकाे भिड बढेको छ ।
बजारमा सुनचाँदीका गरगहनाका साथै साडी किन्ने नारिहरुको घुइचो नै लाग्ने गरेको छ । भेनी नगरपालिका ३ स्थित न्यू जगत ज्वैलर्सका संचालक जगत सुनारका अनुसार गत बर्षकाे तुलनामा तिजकाे अन्तिम साता भन्दा यसबर्ष साउन महिनामै ग्राहककाे भिड लागिरहेको बताउँछन् ।
तेस्तै अर्का बिनाेद ज्वैलर्सका संचालक बिनाेद सुनार भन्छन गतबर्षकाे तिजमा भएकाे काराेबार यसबर्ष साउनमै भैसकेकाे छ, अझै ग्राहकले भनेअनुसार सामान पुर्याउन मुस्किल भएकाे छ । यसबर्स सुनचाँदीको राम्रो काराेबार हुने ब्याबयिहरुको भनाइ छ । तेसैगरी जाजरकोटका अन्य पसलहरूमा पनि किनमेल गर्ने मानिसहरूकाे भिड देखिन्छ ।