Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

गाँउपालिकाको काम छोडेर मोजमस्ती जीवन विताउदै गाँउपालिका अध्यक्ष श्रीमतीकै नाममा गाँउपालिका ।


रोल्पा,१८ साउन । सरकारी खर्चमा रमाउदै बुटवल, पोखरा हुदै राजधानी पुगे, रोल्पाका गाउँपालिका अध्यक्ष बीरबहादुर केसी, स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् ।

स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट बिनियोजन गर्दै कार्यक्रता पाल्ने थलो समेत बनाएको प्रष्टै छ । यतिबेला अन्य गाउँपालिका अध्यक्षहरु सरकारी बजेट जोगाउने र गाउँको बिकास गर्ने सोचिरहेका छन् । उनीहरुले सकेसम्म अनाबश्यक बजेट बाँडेका छैनन् । तर रोल्पाको सुकिदह गाउँपालिका अध्यक्ष बीर बहादुर केसीका समाचार सुनेर आजकाल पाठक तथा गाउँबासी नै आजित बनेका छन् । उनी निकै बिबादित गाउँपालिका अध्यक्ष हुन् ।

श्रीमतीको नाममा गाउँपालिको नाम राख्ने सायद उनी नेपालकै नमुना जनप्रतिनिधि होलान् रु रक्सी खाएर उपप्रमुखसंग झगडा गर्दा कार्यालयका सामान तोडफोड् गर्ने पनि यीनै गाउँपालिका अध्यक्ष हुन् । अध्यक्ष भएपछि बीरबहादुरले डोजर समेत किने ।
अध्यक्ष बीर बहादुर यतिबेला उपप्रमुख रिता घर्ती सहित उनी निकटका वडाध्यक्ष बोकेर घुमघाम गर्न मस्त छन् । बीर बहादुर गाउँबाट घुमघाम गदै पोखरा ४ दिनमा पुगे । उनी पोखरा घुमेको फोटो उनका समाचार सहयोग असोक ओलीले सामाजिक सञ्जालमा सार्बजनिक गरेका छन ।

गाउँपालिकाकै खर्चमा बुटवल, पोखरा हुदै ६ दिनका काठमाण्डौ पुगेको स्रोतको दाबी छ । उनी सहित उपाध्यक्ष पनि घुम्न निस्कीएपछि, सेवाग्राही भने मर्कामा छन् । काम काठमाण्डौ थियो भने किन, पोखरा जानुपर्यो गाउँपालिकाका एक कर्मचारीले बताए । के गर्ने खर्च गरेको भनेपछि पैसा दिनैपर्यो उनी भन्छन् ।

गाउँपालिका अध्यक्षले पिए राख्ने ब्यबस्था छैन । तरपनि बीर बहादुरले २ जना पिए राखेको चर्चा यतिबेला सुकिदहमा सुरु भएको छ ।


ताजा समाचार