Loading... आजः आइतवार, कार्तिक १६, २०७७

बालकको उपचारमा विसी ग्रुपको सहयोग ।

सुर्खेत, १८ साउन । प्यूठान नगरपालिका—८ खप्रेङखोलाका नौ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी घाउ छ । घाउले उनको शरीर पूरै ढाकेको छ । एकहप्ता अघिदेखि घाउ बढ्दै गएको थियो । वैशाखमै डाक्टरले जिल्ला बाहिर लगेर उपचार गराउन सुझाव दिएका थिए । तर, उनका अभिभावकले बाहिर लगेर उपचार गर्न सकेनन् ।
आर्थिक अभावमा शिशुको उपचार हुन नसकेको समाचार सार्वजनिक भएपछि सहयोग जुटेको छ । भवानी छापाखाना सुर्खेतमा मातृ संस्था विसी ग्रुप सुर्खेतको तर्फबाट शिशुको उपचारमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
ग्रुपका तर्फबाट कार्यकारी निर्देशक तथा चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हिमकुमारी उपाध्यायले शिशुको उपचारमा ५ हजारको चेक हस्तान्तरण गरेकि हुन ।
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका कर्णाली व्यूरो प्रमुख ललित बहादुर बुढामार्फत सहयोग रकम शिशुका आफ्न्तलाई प्रदान गरिएको छ । ग्रुपले संकटपूर्ण अवस्थामा मानविय सहयोग, विभिन्न संघ संस्थाहरु मार्फत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
शिशुको उपचारमा सहयोगीहरु बढ्दै गएपछि प्यूठानबाट थप उपचारका लागि शुक्रबारनै बुटवलको आम्दा हस्पिटलमा प्रारम्भिक उपचार पछि काठमाडौं रिफार गरिएको छ ।

ताजा समाचार