Loading... आजः बुधबार, कार्तिक ५, २०७७

पर्यटन पत्रकार संघ रुपन्देहीको अध्यक्षमा के.सी

बुटवल । नेपाल पर्यटन पत्रकार संघ रुपन्देही (एन्टोज)को विशेष भेला बुटवलमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष भुवन कार्किको अध्यक्षता तथा सचिव तेजेन्द्र के.सीको सन्चालनमा सम्पन्न विशेष भेलाले संघको जिल्ला अध्यक्षमा नरेश के.सी लाइ सर्वसम्बत रुपमा आज चयन गरेको छ । अध्यक्षमा चयन भएका के.सी यस अघि उक्त संघका उपाध्यक्ष थिए । विगत ९ वर्षदेखी रुपन्देहीमा सक्रिय पत्रकारिता गर्दै आएका लुम्बिनीखबरका सम्पादक समेत रहेका के.सी पर्यटन पत्रकारितामा विशेष कलम चलाउने गर्दछन् ।

के.सी अध्यक्षमा चयन भएसंगै संघको रिक्त रहेको अर्को पद उपाध्यक्षमा सैनामैना साप्ताहिकका सम्पादक टिका खरेल उपाध्यक्षमा चयन भएका छन् । यसैगरी संघको रिक्त रहेको सहसचिव पदमा गौतमबुद्ध सन्देश भैरहवाका सहसम्पादक रबिन्द्र गुप्ता चयन भएको संघका सचिव तेजेन्द्र के.सीले जानकारी दिएका छन् । संघको अध्यक्ष भुवन कार्कि प्रदेश नं ५ को अध्यक्षमा, सहसचिव कपिल ज्ञवाली प्रदेश महासचिवमा र सदस्य दिनेश श्रेष्ठ प्रदेश सदस्यमा गएको साता निर्वाचित भएपछि संघको रिक्त पदपुर्ति गर्नेगरी संघले विशेष भेलाको आयोजना गरेको थियो । संघको महिला उपाध्यक्षमा मिना ढकाल, सचिवमा तेजेन्द्र के.सी, कोषाध्यक्षमा मनिष पन्थ र सदस्यहरुमा स्वस्तीक श्रेष्ठ, कमल रायमाझी, माधब न्यौपाने, दिपक न्यौपाने, मिना पौडेल, कपिल अधिकारी, झबिन्द्र देवकोटा, डि आर संघार, विमल तिवारी, विमल पुरी, एन बि कडेंल, प्रदीप आचार्य ,प्रकास पाण्डेय , छन् ।

विशेष भेलालाई प्रदेश अध्यक्ष कार्किले सम्बोधन गर्दै नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र भएकोले नेपाल पर्यटन पत्रकार संघले संस्थागत र सो संघ सम्बद्ध पत्रकारहरुले पर्यटन प्रवद्र्धन, संरक्षणमा विशेष रुपमा खोजमूलक समाचारमा जोड दिनुपर्ने बताए ।


ताजा समाचार