Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

नेकपाको पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल ।

काठमाडौं,१६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’ हुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलले एकीकृत संगठनको नाम टुंगो लगाएको हो । यस्तै कार्यदलको मंगलबार बसेको बैठकल प्रेस चौतारी र प्रेस सेन्टरका महासचिवद्वय राजेश राई र विष्णु सापकोटा’जुगल’ ले प्रस्तुत गरेको अन्तिरिम विधान २०७५ लाई अन्तिम रुप दिएको छ ।

उक्त विधानअनुसार संगठनको केन्द्रीय समिति अध्यक्ष र महासचिवसहित २२५ सदस्यी रहेने छ भने प्रदेश समिति अध्यक्ष र सचिवसहित १२५ सदस्यीय, जिल्ला समिति ३५ सदस्यीय र शाखा समिति ९ सदस्यीय रहने छ । यस्तै १५र१५ सदस्यीय अनुशासन र लेखा आयोग हुने छन् ।


ताजा समाचार