Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै उच्च अदालतमा रिट दायर ।


बुटवल ,१६ साउन। कांग्रेसले सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेको छ । प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेकी हुन् । पटक(पटक संसदमा कुरा उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको सांसद रिनाले बताइन् ।

रिटमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेशसभा सचिबालयलाई बिपक्षी बनाइएको छ ।

कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्माले प्रदेशसभामा पटक(पटक सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग गरेपनि सुनुवाई नभएपछि न्यायको खोजी गर्दै अदालत पुग्नु परेको बताए ।

अनलाइन खबर बाट


ताजा समाचार