Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

आवश्यक उपचारको पहल गर्न  सांसद खत्रि द्धारा प्रदेश सरकारकाे ध्यानाकर्षन ।


जाजरकोट,१५ साउन । जाजरकोटको जुनीचाँदे गाँउपालिकाको छिर्कमा अविरल बर्षाले घरमाथिबाट आएको पहिरोमा परि घाइते भएका पिडित लाई सरकारले उचित उपचारको ब्यबस्था गनुपर्ने भन्दै प्रदेश संसद कौशिलावती खत्रीले सरकारको ध्यानाकषन गरेकि छन । घरमा सुतिरहेका बेला आएको पहिरो बाट घाइते भएका एकै घरका तीन जना लाई प्रदेश सरकारले उचित उपचारकोे पहल र मृतकलाई क्षतिपुर्तिको माग गर्दै कर्णाली प्रदेश सभा सदस्य खत्रिले मंगलवार सरकारको ध्यानाकर्षन गरेकि हुन ।


संसद खत्रिले घाइतेहरुलाई १२ दिन सम्म जाजरकोट अस्पतालमा उपचार चरणमा रहेकोले के कति कारणले रोकिएको हो भन्दै सरकारलाई उचित उपचार र मृतक लाई राहातको ब्यबस्थापन गर्न समेत आग्रह गरिन । जिल्ला अस्पताल जाजरकोट बाट दिईने सेवासुविधा सबै दिएको र उपचार कार्य जारी रहेको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।

उता प्रमुख जिल्ला अधिकारि ललीत कुमार बस्नेतले हाल जिल्ला स्वास्थ्य जाजरकोटमा उपचार भइरहेको घरमुली भक्तबहादुर बुढा को स्वास्थ्य अवस्था केहि दिनमा ठिकहुने नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा लाई त्यस्तो खासै चोटपटक नदेखिएको बताए । जिल्लाम रहेको दैबिक प्रकोप समिति बाट ज्यान गुमाउने हरुलाई जनय एक ÷एक लाख रूपौया राहात र तत्काल आवास का लागि रू दश हजार ब्यबस्था मिलाएको बस्नेतले बताए ।

घाइतेहरू खाना बस्नको खर्चको लागि ब्यस्था मिलाएको घर जानको लागि प्रति ब्यत्ति २ हजारका दरले ६ हजार राहात रकम उपलब्ध गराउने बस्नेतले बताए । घटना गत साउन ३ गते गर्खाकोटको छिर्कमा घरमा सुतिरहेको बेला ५५ वर्षीया ललि बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको लास अन्तेस्टी गरिएको र घाइतेहरुलाई हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको छ ।


ताजा समाचार