Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

आज खिर खाने दिन : साउन १५ मा किन खाइन्छ खिर ?


काठमाडौं । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व धुलधामका साथ मनाइँदै छ । साउन १५ मा किन खिर खाइन्छ ? यो आधुनिक युवा पुस्ताहरुमा जिज्ञासा उठ्ने गर्दछ ।

सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।

ऋतु अनुसार प्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।

खीरलाई स्वादिष्ट बनाउन बिभिन्न मरमसलाका साथै सखर पनि हालेर दूधमा चामल मिसाई खिर पकाइन्छ । यसरी बनाईको खीरले शक्ति दिनुको साथै रोगनिवारक पनि हुने विश्वास गरिन्छ ।

हाम्रो मानव शरीरलाई चाहिने पोषकतत्व पूर्ति गर्न र समय अनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन पहिलेदेखिनै छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।


ताजा समाचार