Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

अब सडक अवरुद्ध गरे ३ वर्षसम्म कैद


काठमान्डाै । सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार रुपियाँसम्म जरिवाना हुने भएको छ ।

भदौबाट लागू हुने मुलुकी अपराघ (संहिता) ऐन, २०७४ को दफा ६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ । ‘सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने’ भन्दै ‘कसैले सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न निषेध गरिएको  नेपाल समाचारपत्रमा खबर छ ।

सो ऐनमा भनिएको छ–कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केवलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आगमनलाई बाधा पुर्याउन वा कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्नु हुँदैन ।’


ताजा समाचार