Loading... आजः बिहिबार, मंसिर ९, २०७८

गैससलाई निश्पक्ष भुमिका निर्बाह गर्न जिसस प्रमुखको आग्रह ।

?

जाजरकाेट ,१४ साउन । गैरसरकारी संस्था कुनै पनि राजनैतिक दलको भातृ संगठन जस्तो हुन नहुने जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले अाग्रह गरेका  छन् । सोमबार आयोतिज परिवर्तित सन्दर्भमा नागरिक समाज संस्थाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख रावलले यस्तो वताएका हुन् ।

गैरसरकारी संस्थाहरु सरकारको सहयोगी संस्थाका रुपमा रहेर काम गर्नु पर्ने वताउदै प्रमुख रावलले भने–‘जाजरकोटमा रहेका कुनै पनि गैरसरकारी संस्थाहरु दलका भातृ संगठन जस्तै भएर काम गरिरहेका छन् ।’ सरकारको सहयोगी निकायका रुपमा रहेका दातृ निकायले दिन्छु भनेर आफ्नो हात माथि पार्ने र सरकारले मागिरहेको छु भनेर आफ्नो हात तल राख्ने दासमनोवृद्धीलाई अन्त्य गर्नुपर्ने प्रमुख रावलले आफ्नो भनाई राखेका थिए ।

गैरसरकारी निकायसंगको सहकार्यलाई फराकिलो बनाउनका लागि स्थानीय तहले डल्लो बजेट तयार बनाएको वताउदै प्रमुख रावलले गैरसरकारी संस्थाले स्थानीय तहसंगको समन्वयलाई नयाँ उचाईमा उठाउन आग्रह गरे ।

नेपाल सरकारले गैरसरकारी संस्था सञ्चालन कार्यविधी तथा ऐन नबनाएको हुदा स्थानीय तहमा केही अन्यौलता भएको भएता पनि गैरसरकारी संस्थासंग समन्वय र सहकार्य गर्न स्थानीय तहहरु तयार रहेको भेरी नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत दलबहादुर घर्तीले वताए । डोनरले चाहेको ठाउँमा मात्र काम गर्न स्थानीय तहका जनप्रतिनीधि तयार नभएको वताउदै अधिकृत घर्तीले भने–‘गाउँ तथा नगरपालिका भित्रको सन्तुलित बिकास गर्नका लागि जनप्रतिनीधिहरु गैरसरकारी संस्थासंग सहकार्य गर्न तयार हुनु हुन्छ ।’

गैरसरकारी संस्थाले आफ्नो बार्षिक बजेट तथा कार्यक्रम गाउँ तथा नगरसभावाट पास गराउनु पर्ने वताउदै अधिकृत घर्तीले भने–‘गैरसरकारी संस्थाको कार्यक्रम हुने वेलासम्म रेकर्ड र रिपोर्टिङ अपडेट हुने र कार्यक्रम समाप्त हुन वित्तिकै भएका रेकर्ड तथा रिपोर्टिङहरु हराउने कुराको अन्त्य हुनु पर्दछ ।’

गैरसरकारी संस्थाले सञ्चालन गर्ने बिषयगत परियोजनाहरुलाई कार्यन्वयन गर्न स्थानीय तहको परामर्शमा तोकिएको कार्यक्षेत्रमा काम गर्न तयार हुनुपर्ने वताउदै नागरिक समाज पारस्परिक जवाफदेही परियोजनाका लिगल एडभाईजर टंक अर्यालले भने–‘स्थानीय तहहरुले बिषयगत परियोजना कार्यन्वयन गर्नका लागि गैरसरकारी संस्थालाई तथ्याङक सहितका अपसनहरु खुल्ला गरिदिन म आग्रह गर्दछु ।’

?

ताजा समाचार