Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बैंक नहुँदा दुर्गमबासिलाई समस्या ।


जाजरकोट ,१४ साउन । देशका हरेक स्थानीय तहमा बैंक र्पुयाउने सरकारको नीति भए पनि जाजरकोटका ५ वटा स्थानिय तहमा बैंकविहीन छन् । स्थानीय तह गठन भएको डेढ वर्ष बितिसक्दा पनि जाजरकोटका अधिकांस स्थानिय तहहरुमा बैंक शाखा विहीन रहेका हुन । जिल्लाका बिभिन्न स्थानिय तहहरुमा बैंक नहुँदा आर्थिक कारोबार गर्न त्यहाँका बासिन्दालाई २४ कोस टाढा रहेको जाजरकोट सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता छ ।

स्थानिय तहहरुबाट सञ्चालन हुने बिकास निर्माणका कामहरु गाउँमा सम्पन्न भएतापनि भुक्तानिको लागि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले बताए । ‘बैंक नहुँदा आर्थिक वर्षको अन्त्यतिर स्थानीयले निकै दुःख पाएको समेत अध्यक्ष बस्नेतले बताए । अध्यक्ष बस्नेत जस्तै जाजरकोटका ५ ओटा स्थानिय तहहरुमा कथाबेथा पनि उस्तै छ ।

‘बर्खाको बेला पानिको भेल, बाढी, पहिरो पार गर्दै ज्यानको माया मारेर सदरमुकामा उपभोत्ता आउन बाध्यता रहेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले बताए । ५० हजारको योजनामा ७ दिनसम्म होटलमा बस्नुर्पयो , खर्च त्यतिकै’, बैंक जादा सेवाग्राहीको भिडले समयमा काम नहुनाले हाल जनताहरुले सास्ती खेप्नु पर्ने बाध्यता रहेको समेत अध्यक्ष केसीले बताए । साथै गाउँमा बैंकिङ्क सेवा नहुदा कर्मचारीहरू गाउँ बस्न नमान्ने, कोहीचाहिँ तलब लिन भनेर चाँडै सदरमुकाम जाने ढिला फर्कन्छन्।’ अध्यक्ष केसीले बताए ।

जाजरकोटका सात ओटा स्थानिय तहहरुमध्य भेरी नगरपालिका र छेडागाड नगरपालिका हाल बैंक शाखा स्थापना भएपनि हाल पाचँ ओटा स्थानिय तहहरुमा बैंक नहुँदा त्यहाँका हजारौं बासिन्दा धेर थोर बचत तथा ऋणको कारोबार गर्नबाट समेत वञ्चित भएका छन । यस्तै शिवालय गाउँपालिकामा पनि साविकका तिन ओटा गाविस छन् । बैंक अभावमा त्यहाँका बासिन्दाले पनि समस्या भोगेका छन । आर्थिक वर्षको अन्तिममा बिल पास गर्ने, भुक्तानी लिने कामका लागि सास्ती खेपेकाे शिवालय  गाउँपालिकाकाअध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकामा जनताहरु सानो योजनाको भुक्तानि लागि जिल्ला सदरमुकाम खलंगा आउनु पर्ने लामो समयमा बैक लाईन लागेर भुक्तानि लिनु पर्ने बाध्यता रहेका अध्यक्ष शाहीले जानकारि दिए । हाल गाउँपालिकाम सिविल बैक शाखा सञ्चालनको लागि घरको नाप नक्सा सबै सम्पन्न भएकोले आगामि असोज बाट शिवालय गाउँपालिकाम बैक सञ्चालन हुने अध्यक्ष शाहीले भनाइ रहेकाे छ ।

बिल पास गर्न र भुक्तानी लिन अध्यक्ष, सचिव, कोषाध्यक्ष कम्तीमा तीन जना सदरमुकाम आउनुपर्ने हिसाबले हजार जना मान्छे कम्तीमा एक सातासम्म सदरमुकाममा बस्दा धेरै समस्या रहेको समेत अध्यक्ष शाहीले जानकारि दिए । यस्तै जिल्लाको बारेकोट गाउँपालिकाम पनि बैक शाखा स्थापना नहुदा स्थानियलाई सास्ती खेप्नु परेको छ ।गाउँमा खेतिबालीको सिजनमा गाउँका धेरैजसो किसान सदरमुकाममा बस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारि दिए । अध्यक्ष शाहका अनुसार गाउँपालिकामा कृषि बिकास बैंक खुल्ने तयारी रहेको आगामि दिनमा सेवा सुरु गर्ने भने पनि काम सुरु नभएको उनको भनाइ छ ।


ताजा समाचार