Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

मृत अवस्थामा फेला पर्यो लोपउन्मुख निरबिरालोको जोडी


जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेको जंगलमा मृत अबस्थामा ताडी निरबिरालोको जोडी फेला परेका छ । जंगल घुम्नेक्रममा पन्क्षी अनुसन्धानकर्ता गोविन्द सिंहले मृत अबस्थामा रहेका निरबिरालोको जोडीलाई फेला पारेका हुन् ।

घरको बारीमा फलेका मेवा र आँप खानालाई जंगलवाट घर नजिकै आएका निरबिरालोका जोडीलाई घरपालुवा कुकुरले लखेटेर मारेको हुन सक्ने अनुसन्भानकर्ता गोविन्द सिंहले बताए । निर विरालेको जोडीलाई कुकुरहरुले लखेटेर जंलमा मारेको हुन सक्ने उनको भनाई छ ।

दुई साता पहिला जंगलमा मृत अबस्थामा फेला परेका निरबिरालोको फोटा खिचेका सिंहले उक्त फोटा जीवबिज्ञ प्रा. करण शाहलाई देखाएर निरबिरालो भएको पुष्टी गरेका छन् ।

समुन्दी सतहवाट १५ सय मिटरको उचाई भन्दा तलतिर बासस्थान भएको निरबिरालो बिशेषगरि तराईमा पाईने विज्ञहरुको भनाई रहेको छ । ४२–४९ सेन्टीमिटर शरिरको लम्बाई हुने निरबिरालोको तौल ३ देखि ४ किलो मात्र हुने गर्दछ ।

फलफुल, मह, मासु लगाएतको सर्वाहारी भोजन गर्ने निरबिरालोले बिशेषगरि गुलियो चिज खाने गर्दछ । फलफुल, मह, चिनीको स्वादलाई निकै मनपराउने गर्दछ । निरबिरालोले बिशेषगरि घना पत्तझर वनजंगल र मानव बस्ती वरपर बास बस्ने गर्दछ ।


ताजा समाचार