Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

पहिरोले जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध ।


जाजरकोट,१३ साउन । निरन्तर परेको अविरल वर्षाले जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। पहिराले सडक भत्काएपछि जाजरकोट–डोल्पा सडक खण्डको भेरी नगरपालीका ३ ठाटिबजार नजिकै मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन्। यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन्। जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि। कार्यालय प्रमुख इन्द्रजीत सुनारले जानकारि दिए ।
शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत दर्जनौ ठाउँमा पहिरो जाँदा यात्रुहरूलाइ आवतजावत गर्न समस्या भएको जिल्ला टाफ्रिक जाजरकोटले जनाएको छ । गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न बाध्य भएका छन्। वर्षात्मा हुने सडक अवरोध खोल्नका लागि भेरी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट दुई लाख २६ हजार भुक्तानी दिने गरी तीन महीनाका लागि स्काभेटर भाडामा लिएको र नगरपालिका भित्र नगरको लगानिमा सञ्चालन भएका सडक हरू नगरपालिकाको जिम्मेवारी भएकोले हाल नगरपालिकाको कुनै सडक अबरुद्ध नरहेको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

खलंगा पाचकाटिया सडक खण्ड जाजरकोट–डोल्पा सडक खण्ड २४ घण्टा भन्दा बडि समय अवरूद्ध नगराउने गरी सडक डिभिजन कार्यालय चौहरजारीले जिम्मा लीइएकोले तत्काल सडक खण्ड सुचारू गर्न नगर प्रमुख घर्तीले आग्रह गरे । एक महिनामा स्काभेटरले वडा नं। १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ का फूलबारी र कारागार रोड, ५ र ६ का बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं। ८, ९ र १० को भुर–स्याउली रोडमा माथिबाट आएको पहिरो फाल्ने काम गरेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए।


खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुँदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकको भनाइ छ। अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नुपर्ने सदरमुकामवासीले माग राखिरहेका छन्। सडक विभागले निर्माण गरेका सडकमा पर्खाल राम्रोसँग निर्माण नगर्दा ठाउँ ठाउँमा पहिरो गएको हो।


ताजा समाचार