Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

म अर्को चुनावको लागि होइन, अर्को पुस्ताको परिवर्तनको लागि खेलकुदमा लगानी गर्दै छु : सीपी

जाजरकोट । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले जिल्लाको खेलकुदको विकासको लागि आफुले बिशेष लगानी गर्ने बताएका छन् । विहिवार गुरु पुर्णिमाको अवसरमा प्रथम अन्तर डोजो खुल्ला करांते प्रतियोगिताको उद्घाटन गर्दै यस्तो वताएका हुन् ।

नगरप्रमुख घर्तीले भने : म जहाँ छु, अत्यन्तै उत्साहित छु, अर्को चुनावको लागि गर्दै छैन, अर्को पुस्ताको परिवर्तनको लागि सम्पुर्ण मेहनतका साथ लगानी गर्दै छु ।

राष्ट्र र स्वास्थ्यका लागि खेलकुद आवश्यक भएको भन्दै जिल्लामा खेलमैदान निर्माण गर्नुका साथै कवड हल निर्माण गरिने बताएका छन् । नेपाल गोजुरीयो करांते दो संघका केन्द्रिय अध्यक्ष समेत रहेका नगरप्रमुख घर्तीले अबिभावकहरुले खेलप्रतिको धारणा बदल्नु पर्ने बताए । खेल खेल्न लाग्यो छोराछोरी बिग्रन्छन् की भन्ने चिन्ता नलिन आग्रह गर्दै खेलकुदबाटै सुन्दर भविश्य निर्माण गर्न सकिन्छ उनले भने ।

करांतेका एसियन रेफ्री तथा पुर्व खेलाडी समेत रहेका उनले बालबालिकाहरुको खेलप्रतिको मोहको प्रशंसा गर्दै अनुशासित भएर खेल्न सुझाव पनि दिए । भेरी नगरपालिकाले नगर क्षेत्र भित्र खेलकुदको लागि आवश्यक भौतिक संरचनाहरुको निर्माणमा लागि परेको समेत जानकारी दिए ।

प्रथम अन्तर डोजो खुल्ला कराँते प्रतियोगिता सम्पन्न

गुरु पुर्णिमाको अवसरमा प्रथम अन्तर डोजो खुल्ला करांते प्रतियोगिता सम्पन्न भएको छ । पुर्णीमाको अवसरमा नेपाल गोजुरीयो करातें दो संघ नगर शाखा भेरी नगरपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । खेलकुद क्षेत्रको विकास र विस्तारमा विशेष प्राथामिकता दिदै आएको भेरी नगरपालिकाले प्रतियोगिताको प्रायोजन गरेको थियो । बिहिवार जिल्ला समन्वय समितिको सभा हलमा भएको प्रतियोगितामा २० जना बाल बालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिताको छात्र ३८ के.जी तर्फ अर्जुन वि.क पहिलो स्थाना हासिंल गरेका छन् । भुपेन्द्र पुन दोस्रो, भरत पुन र रमेश शाहीले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

छात्र ३४ के.जी तर्फ रावल शाह पहिलो भएका छन् । महेन्द्र पुन दोस्रो, विकाश बि.क र विपन थापा तृतिय भएका छन् ।  त्यस्तै छात्र ३० के.जी तर्फ आश्मान चौधरी पहिलो, आयुष सिंह सोनी दोस्रो र प्रतिक परियार तेस्रो भएका छन् ।

प्रतियोगितामा छात्राहरुले पनि सहभागिता जनाएका थिए । छात्र ३० के.जी तर्फ निर्मला बुढाले प्रथम स्थान हांसिल गरेकी छिन् । अमिसा सिंह सोनी दोस्रो, एलिसा चन्द र कमला वि.क ले तेस्रो स्थान प्राप्त गरेका छन् ।

छात्र एकल काता तर्फ विपिन थापा पहिलो, विकास वि.क दोस्रो, अर्जुन वि.क र भुपेन्द्र पुन तेस्रो भएका छन् । त्यस्तै छात्रा एकल काता तर्फ निर्मला बुढा पहिलो, एलिसा चन्द दोस्रो, अमिसा सिंह सोनी र महिमा वि.क तेस्रो भएका छन् ।

करांतेका प्रशिक्षक तथा मुख्य रेफ्री अमृत मल्लले प्रतिभा भएका खेलाडीहरु जिल्लामा भएपनि संबन्धित निकायको व्यवास्थाका कारण ओझेलमा परेको गुणासो गरेका छन् । बिभिन्न क्षेत्रिय प्रतियोगतामा जिल्लाबाट प्रशिक्षक विना सहभागि हुदा मन खिन्न हुने गरेको दुःख व्यत्त गरे । उन भेरी नगरपालिकाले खेलकुद क्षेत्रका विशेष चासो दिदै लगानि गरेको भन्दै प्रशंसा गरेका छन् ।

प्रतियोगितामा इलम शाही, लोकराज शाही, विशाल विक, नरेश प्रकाश घर्ती र प्रकाश घर्ती मगरले जजको भुमिका निभाएका थिए


ताजा समाचार