Loading... आजः सोमवार, कार्तिक १०, २०७७

जिल्ला सदरमुकाम खलंगामा बिद्धुत सेवा बन्द हुँदा सेवाग्राहि मारमा

जाजरकोट ,१२ साउन । जाजरकोटको सदरमुकाम खलंगामा  बिद्धुत सेवा बन्द हुदा जनजाति प्रभावित भएको छ  ।

साङटा रिसाङ उत्पादन हुने विद्युतको कटौती गरि केन्द्रीय बिद्धुत लाईन जडान गरेपछि अन्दाजि ९ सय घरधुरीले दैनिक १२ घण्टा लोडसेडिङ खेपिरहेका छन । नेपाल बिद्धुत प्राधिकरणको लापरबाहीका कारण जिल्लामा दैनिक लोडसेडिङ बढ्दै आएको छ ।

बर्खाको समयमा बर्षा संग ठाउँ ठाउँमा बिद्धुत पोल ढल्ने विद्युतको मेसिनमा खराबी आउने गरेकोले लोडसेडिङ गर्न पर्ने बाध्य भएको विद्युत प्राधिकरणका जाजरकोटका कर्मचारीहरुको दावी छ । सुर्खेतको राक्म पावर स्टेसन सेन्टर बाट जाजरकोट जिल्ला सम्म जाजरकोटको जिम्मा भएकोले हाल सो क्षेत्रमा कुनै अवरुद्ध नदेखिएको नेपाल बिद्धुत प्राधिकरण जाजरकोटका प्रशासन प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बाकेको कोहलपुर बाट जाजरकोटको कुदु सम्म दैनिक ३३ केवीको प्रसारण लाईन ल्याएको हुदा दैनिक आपुर्तिमा असहज भएको प्रमुख सिंहले जानकारी दिए । लाईन लामो छ हिउँदमा हावाहुरी बर्खामा बाढी पहिरो सेवाग्राहीलाई सेवा दिन सास्ती खेप्नु परेको समेत प्रमुख सिंहले जानकारी दिए ।

उता नेपाल बिद्धुत प्राधिकरण सुर्खेतका प्रमुख सुरज भण्डारीका अनुसार सुर्खेतको बोटेचौर क्षेत्रमा अबिरल बर्षाका कारण बिद्धुत अबरुद्ध भएको जानकारी दिए । कर्मचारी खटिएको तर पानीको कारण काम अगाडि बढाउन नसकेकोले केही समय लाग्ने समेत प्रमुख भण्डारी जानकारी दिए । नियमित र भरपर्दो पावर नआउने भएको कारण बिभन्न उद्योगहरु दैनिक कामकाज गर्न सास्ती भएको छ ।

जाजरकोट सदरमुकाम खलंगामा साङटा रिसाङ बाट लघु जलविद्युत आयोजना ले भरपर्दो सेवा दिएको हाल केन्द्रीय बिद्धुतको कारणले जाजरकोटका सरकारी कार्यालय अस्तब्यस्त भएका छन । बैंक देखि प्रशासन सम्म बिद्धुत नहुदा दैनिक सेवाग्राही हरुले सास्ती भोग्न बाध्य भएका छन । साथै जिल्ला सदरमुकाममा विद्युत सेवा भरपर्दो बनाउन व्यवसायीहरुले माग गरेका छन् ।


ताजा समाचार