Loading... आजः शनिबार, कार्तिक ८, २०७७

नेपाली राष्ट्रिय फुटबल टोली बैंकक जाने

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एसियाली खेलकुद तथा साफ च्याम्पियनसिप तयारीका लागि १० दिने प्रशिक्षण क्याम्पमा भाग लिन थाइल्यान्ड जाने भएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बैंककमा अर्को शुक्रबार सुरु हुने क्याम्पलाई २९ खेलाडी छनोट गरेका छन् ।

एसियाडअन्तर्गत फुटबलमा २६ टोलीले भाग लिँदैछन् । नेपालसम्मिलित समूह ‘डी’ मा जापान, भियतनाम र पाकिस्तान छन् । ६ समूहका शीर्ष दुई टोली तथा तेस्रो स्थानका ४ उत्कृष्ट टोलीले दोस्रो चरणमा स्थान बनाउने प्रावधान छ । अगस्ट १४ देखि सुरु हुने एसियाडमा फुटबल भने अगस्ट १० देखि नै हुनेछ । नेपालले त्यसपछि सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछ । बंगलादेशमा हुने प्रतियोगितामा नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् ।

नेपालको एसियाड टोली
गोलरक्षक– किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर– अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर– रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ
फरवार्ड– सुमन लामा, विमल घर्तीमगर, अन्जन विष्ट, अभिषेक रिजाल
साफलाई थपिने भरत खवास, विकेश कुथु, विराज महर्जन, देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, रवीन श्रेष्ठ, सुजल श्रेष्ठ, सन्तोष तामाङ ।
प्रशिक्षक– ग्योतोकु कोजी
सहायक प्रशिक्षक– बालगोपाल महर्जन, नवीन महर्जन


ताजा समाचार