Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

आन्दोलन भन्दा विरामीको उपचार प्याराे

 

जाजरकोट । यहाँको जिल्ला अस्पतालमा सहज रुपमा विरामीहरुको उपचार भईरहेको छ ।

डा गोविन्द केसी भन्दा विरामीको स्वास्थ्य ठुलो भएको भन्दै उपचार कार्यमा लागिएको स्वास्थ्यकर्मी भीमराज सिंहले बताउनुभयो । दैनिक २० भन्दा वढी विरामी आउँने जिल्ला अस्पतालमा केही दिन वन्द ओपिडि सेवा मंगलबार बाट सहज रुपमा खुलेर विरामीको उपचार सुरु भएको छ ।

विरामीले उपचार पाउँने मौलिक हक खोसिएको भन्दै स्वास्थ्यकर्मीहरु विभाजित भएपछि ओपिडी सेवा मंगलबार खुलेको हो । केन्द्रबाट अस्पतालमा विरामीको उपचार नगर्न दवाव आएपनि यहाँका स्वास्थ्यकर्मीले केन्द्रको भनाईलाई नमानेको बताएका छन् ।

डा गोविन्द केसीलाई समर्थन गदै जिल्ला अस्पतालका कर्मचारीहरु तरुणदल बनि प्रशासन कार्यालय कार्यक्रम गरेपछि थप विवाद भएको हो । स्वास्थ्यकर्मी तरुणदलको व्यानर लिएर कार्यक्रममा जानु राम्रो नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताउनुभयो ।

यता जिल्ला समन्यव समितिका प्रमुख मन बहादुर रावलले गरिवसंग विश्वेस्वर कार्यक्रमका जाजरकोट जिल्ला संयोजक ललित वस्नेत काठमाण्डौमा तरुण दलको कार्यक्रममा गई घाईते भएको कुरा देखेको बताउदै उहाँलाई पनि कारवाही हुँने बताउनुभयो ।

पेशा प्रति वफादार नहुँने जो कोहीलाई हामी हेरेर टुलुटुल वस्न नसक्ने बताउनुभयो ।


ताजा समाचार