Loading... आजः बिहिबार, भदौ ३१, २०७८

बसको ठक्कर बाट बालिकाको मृत्यू ।

जाजरकाेट,७ साउन ।  जाजरकोटको भेरी नगरपालिका वडा न १ रावत गाउँकि एक बालिका गाडिको ठक्कर बाट मृत्यू भएको छ । सोमवार जिल्ला सदरमुकाम खलंगा बाट भेरी नगरपालिका वडा न १ रीम्ना जादै गरेको भेरीगंगा यातायात प्रा.ली ना ४ ख ९७२४ नम्बरका बसले रावतगाउँ हुलु जिउला अगाडि गाडिले ठक्कर दिदा राउतगाउँकि ९ बर्षिय रोशनि रावतको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि.कार्यालय प्रमुख इन्द्रजित सुनारले जानकारि दिए ।

सुनारका अनुसार खलंगा देखि रिम्ना जान लागेकाे बसले पृति बहादुर रावतकी छोरी रोशनी रावतको ठक्कर बाट मृत्यू भएको हो । हाल बस, बसचालक प्रहरीको नियन्त्रणमा रहेको मृतकलाई जिल्ला अस्पतालमा जाजरकोटमा राखिएको जिल्ला ट्राफिक जाजरकोटका प्रमुख आन्सिक भण्डारीले बताए । अभिवाभक लाई सम्पर्क गरिएकोले अभिवाभक आउन बितिकै लास पोष्टमाटम गरिने समेत प्रमुख भण्डारीले बताए ।


ताजा समाचार