Loading... आजः मङ्लबार, अशोज ५, २०७८

पहिरोले सडक भत्काएपछि अबरुद्ध यात्रुहरु पैदल हिड्न बाध्य ।


जाजरकोट,७ साउन । जाजरकोटमा सोमबार बिहान परेको अबिरल बर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अबरुद्ध भएको छ । पैरोले सडक भत्काएपछि जिल्ला सदरमुकाम खलंगामा मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारी साधन चल्न सकिरहेका छैनन् । यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् ।

शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको पानीले सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि.कार्यालय प्रमुख इन्द्र जित सुनारले जानकारि दिए । जानकारी अनुसार जिल्ला सदरमुकाम खलंगाको मुख्य बजारका रुपमा रहेको ठाँटी नजिकको सडक भत्किएपछि मोटरसाईकल बाहेकका अन्य कुनै पनि सवारी साधन चल्न नसक्ने अबस्था भएको छ ।

जाजरकोटको अर्को सडक खलंगा–पाँचकाटिया सडक पनि पुरै अबरुद्ध भएको छ । गाउँवाट सदरमुकाम आउने र सदरमुकामवाट बाहिर जाने यात्रुहरु र बिरामिलाइ समेत आवत जावतमा समस्या भएको छ । सडक डिभिजन कार्यालयले जिल्लाका सडकहरू कुनै ठाउमा पनि अबरूद हुन नदिने तत्काल काम अगाडि बढाउने भनि केहिदिन पहिले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा भेला सम्पन्न भएता पनि हाल उत्तकाम सुरू हुन नसकेको स्थानियहरूको गुनासो छ ।

जिल्ला सदरमुकाम खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको बिपद ब्यबस्थापन कोषवाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकहरुको भनाई पछि अबरुद्ध सडकहरुलाई तत्काल सुचारु गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नु पर्ने सदरमुकामबासीले माग राखिरहेका छन् ।

उता भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जाजरकोटको शान्ती चौतारी सम्म सडक र खलंगा पाचकाटिया सडक सडक डिभिजन कार्यालय चौहरजारीको रहेकोले तत्काल सडक खुलाउन माग गरिएको बताए साथै भेरी नगरपालिकाको लगानिमा निर्माण गरिएका साना तथा ठुला सडकहरु हाल कुनै अवरुद्ध नरहेको समेत प्रमुख घर्तीले बताए भेरी नगरपालिकाको वडा न ३ सिटिजन बैक नजिकै रहेको पहिरो पिके कम्पनि ले ठेका लिएको हुदा उत्त काम गर्ने जिम्मा कम्पनिको रहेको समेत प्रमुख घर्तीले जानकारि दिए ।

नगरको लगानिमा रहेका सडकहरु कुनै अवरुद्ध नरहेको र नगराउनको लागि बर्षादको समयमा हुने सडक अबरुद्धलाई खोल्नका लागि भेरी नगरपालिकाले बिपद ब्यबस्थापन कोषवाट २ लाख २६ हजार भुक्तानी दिनेगरि ३ महिनाको लागि स्क्यावेटर भाँडामा लिएको बताए।


ताजा समाचार