Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

पहिरोमा परेका घाइतेहरुलाई उपाध्यक्ष आचार्य द्धारा राहात हस्तान्तरण ।


जाजरकोट,६ साउन । जाजरकोटको जुनिचाँदे गाउँपालिकाकि उपाध्यक्ष शिवा आचार्यले पहिरोमा परेका घाइतेहरुलाई राहात हस्तान्तरण गरेकि छन । आइतवार बिहान जिल्ला अस्पताल जाजरकोटमा पुगि उपाध्यक्ष आचार्यले राहात रकम हस्तान्तरण गरेकि हुन । अविरल बर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका बेला घाइते भएका एकै घरका तीन जनालाई तत्काल गाउँपालिका बाट बिस हजार पिडितलाई हस्तान्तरण गरिएको जुनिचाँदे गाउँपालिकाकि उपाध्यक्ष शिवा आचार्य बस्नेतले बताईन ।

राहात रकम हस्तान्तरण गर्दै आचार्यले घाइतेहरुलाई उपचार खर्च र किरीया खर्चका लागि क्षतिपुर्ति गाउँ कार्यपालिकाको साउन १० गते कार्यपालिका बाट बिनियोजन गरि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी लगाएत गाउँपालिका टिम घटना स्थलमा गई राहात बितरण गर्ने बताइन ।

गाउँपालिका भित्र जनधनको क्षेति भएकोमा दुख ब्यक्त गर्नु भयो । राहात हस्तान्तरण कार्यक्रममा जुनिचाँदे गाउँपालिकाका सा.प्र प्रेम बहादुर कार्किले १ हजार रुपौया हस्तान्तरण गरेका थिए । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोका प्रमुद गोबिन्द बहादुर बुढा ले पनि आर्थिक सहयो गरेका थिए ।

उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले स्वास्थ्य परिक्षणको लागि भारतमा भएकाले हाल पिडित हरुलाई कुनै सम्पर्क गर्न नसकेको गाउँपालिका बाट हुने सहयोगको लगि उपाध्यक्ष लाइ भनेको केहिदीन भित्र नेपाल फर्के लगतै घाइते हरुको स्वास्थ्य उपचार र मानविय क्षती बारेमा सत्य तथ्य बुझि उचित राहातको ब्यबस्था मिलाउने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारि ललीत कुमार बस्नेतले हाल जिल्ला स्वास्थ्य जाजरकोटमा उपचार भइरहेको घरमुली भक्तबहादुर बुढा को स्वास्थ्य अवस्था केहि दिनमा ठिकहुने नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा लाई त्यस्तो खासै चोटपटक नदेखिएको बताए । साथै आइतवार जिल्लाम रहेको दैबिक प्रकोप समिति बाट ज्यान गुमाउने हरुलाई जनय एक /एक लाख रूपाैया राहात र  तत्काल अावास का लागि रू दश हजार ब्यबस्था मिलाएकाे बस्नेतले बताए । साथै  घाइतेहरू  खाना बस्नको खर्चको लागि ब्यस्था मिलाएकाे घर जानकाे लागि प्रति ब्यत्ति २ हजारका दरले ६ हजार राहात रकम उपलब्ध गराउने  बस्नेतले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले घाइतेहरुको अवस्था सामान्य भएकोले हाल उपचार भइरहेको डा.राजेन्द्र लामाले जानकारि दिए । लामाका अनुसार घरमुलि भक्त बहादुर बुढाको छाति,खुटाको दाहिने तिख्रामा देखिएकोले हाल उपचार भइरहेको बताए ।

खिमा बुढा, पारष बुढा सघरजान सक्ने लामाले बताए । कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संघ कर्णाली प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर बस्नेत युवा संघ जाजरकोटका सचिव जय बहादुर बस्नेत लगाएतको उपस्थीति रहेको थियो । पहिरो ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रवार गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजे मात्र मृतक र घाइतेहरुको उद्धार गरेको थियो ।


ताजा समाचार