Loading... आजः शनिबार, कार्तिक ८, २०७७

पहिरोमा परेका घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुदै ।


जाजरकोट,५ साउन । अविरल बर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका बेला घाइते भएका एकै घरका तीन जनालाई हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतका अनुसार पहिरोमा घाइते भएका घरमुली भक्तबहादुर बुढा उनकै नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा लाई शिवालय गाउँपालिका वडा न १ मोर्क बाट आफु स्वयम र जिल्ला प्रहरी कार्यालय समन्वयमा शनिवार दिउसो जिल्ला अस्पताल पुर्याएको बताए ।

साथै पिडितहरुलाई उचित राहातको ब्यबस्थापनको लागि तत्काल पहल गरिने बताए । उता जिल्ला अस्पताल कार्यालय जाजरकोटले घाइतेहरुको अवस्था सामान्य भएकोले हाल उपचार भइरहेको डा.राजेन्द्र लामाले जानकारि दिए । लामाका अनुसार घरमुलि भक्त बहादुर बुढाको छाति,खुटाको दाहिने तिख्रामा देखिएको बताए । खिमा बुढाको छातिमा नदेखिने चोट लागेको बताए । पारष बुढाको दुबै खुटाम नदेखिने चोट लागेको बताए ।

घाइते रहेका पारष बुढाका अनुसार तिन दिन पहिले बाबा आमा जुम्ला जानु भयो हामि राति सुतिरहेका थियो एकासि घर भत्तकिएको देखे बाजे बाहिर निस्कनु भएछ बजेर बहिनि पुरिसकेकि रहेछिन कान्छि बहिनि पनि खस्न लागेको देखे आफुलाई जस्तो चोट लागे पनि बहिनिलाई समातेर बचाउन सफल भए । बजेर दिदिलाई खोज्दा पुरीसक्नु भएछ बुढाले भने ।

बर्खाको समयमा गर्खाकोट देखि ४ घटा पैदल हिडेर पुरीएका लास हरुलाई उद्धार गरि घाइतेहरुलाई जिल्ला अस्पताल जाजरकोट पुर्याएको जिल्ला जिल्ला प्रहरी कार्यालयका जाजरकोटका नि.कार्यालय प्रमुख इन्द्रजित सुनारले बताए । दिन रात नभनि आफनो धर्म र जिम्मेवारी लाई बहन गरि उपचारको पहुचमा ल्याउन प्रहरीले महत्व पूर्ण भुमिका निर्वाह गरेको समेत बताए । उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले घटना प्रति गाउँपालिका परिवार दुखि भएको बताए साथै घाइतेलाई उपचार र मृतकको लागि राहतको लागि पहल गरिने बताए ।

यस्तौ गाउँपालिकाकि उपाध्यक्ष शिवा आचार्यले गाउँपालिकाले बिपत ब्यबस्थापन समिति वडा न दशका अध्यक्ष कर्ण बहादुर रोकायको संयोजकतोमा गठन भएकोले गाउँपालिका बाट मृतक का आफन्त हरुलाई राहतको ब्यबस्था मिलाइने बताईन । किरीया खर्च उपलब्ध गराउने बसोबास को लागि घर राहतको लागि पहल गर्ने आवास निर्मााको लागि बजेट बिनियोजन गर्ने समेत उपाध्यक्ष आचार्यले बताइन ।

गर्खाकोट छिर्कमा घरमा सुतिरहेकाे बेला ५५ वर्षीया ललि बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको थियाे ।मृतकको लास  अन्तेस्टी गरिएको र घाइतेहरुलाई जिल्लाम ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रवार गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजे मात्र मृतकको उद्धार गरेको थियो ।


ताजा समाचार