Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

बिद्यालयमा नियमित उपस्थिति हुने बिद्यार्थीलाइ हरियो कार्ड


जाजरकोट । बिद्यालयमा नियमति उपस्थिति हुने बिध्यार्थीलाई हरियो कार्ड वितरण गरिएको छ । नियमित रुपमा विद्यालयमा उपस्थित भई अध्ययन गर्ने बिध्यार्थीलाई हरियो कार्ड वितरण गरिएको हो ।

जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ४ स्थित विरेन्द्र आधारभुत विद्यालयका बिध्यार्थीहरुलाई उक्त कार्ड वितरण गरिएको छ । गत जेठ महिनाको हाजीरी परिक्षण गर्दा २७ दिन कक्षा संचालन भएकोमा २० देखि २७ दिन बिद्यालयमा उपस्थित ९९ जना बिध्यार्थीलाई हरियो कार्ड वितरण गरिएको परियोजनाका फिल्ड सुपरभाइजर नारायण अधिकारीले जानकारी दिनु भयो ।

पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालीत एकिकृत परियोजनाको शिक्षा परियोजना अन्तरगत उक्त कार्यक्रम गरिएको हो । त्यस्तै १ देखि १० दिन सम्म विद्यालयमा उपस्थित हुने ४ जनालाई रातो कार्ड र १० देखि २० दिन उपस्थित हुने ७० जना बिध्यार्थीलाई पहेलो कार्डा वितरण गरिएको छ ।

शुक्रवार अबिभावकहरुको उपस्थितिमा बिध्यार्थीहरुलाई कार्ड वितरण गर्रिको छ । बिद्यालयमा बिध्यार्थीहरुको उपस्थिति बढाई शैक्षिक गुणस्तर सुधार्न यस्तो तिन थरिको कार्ड वितरण गरिएको अधिकारीको भनाई छ ।

उक्त बिद्यायल १ दखि ८ कक्षा सम्म संचालनमा रहेको छ । विद्यालयमा नियमति उपस्थित भाई अध्ययनरत हरियो कार्ड पाएका बिध्यार्थीहरुलाई प्रोत्साहन स्वरुप कापिकलम प्रदान गरिएको फिल्ड सुपरभाइजर अधिकारीले जानकारी दिनु भयो ।


ताजा समाचार