पहिरोमा पुरीएर २ जनाको मृत्यु, ३ जना घाइते
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा न ६ छिर्कमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । गएराती १ः३० बजे तिर घरमा सुतिरहेको बेला घर माथि बाट अाएकाे पहिराेले घर भत्तकिएर दुई जनाको मृत्यु भएको स्थानिय मोतीलाल शाहीले जानकारि दिए । मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका वडा न ६ कि ५५ बर्षिय लली बुढा, नातिनि ९ बर्षकी सृजना बुढा रहेकि छन । घाइते हुनेमा भत्त बहादुर बुढा, नतिनि खिमा बुढा, नाति पारष बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए । इप्रका गर्खाकोट बाट रबिन्द्र बहादुर हमाल काे नेत्रित्वमा खटिएकाे टाेलिले उदार गरेकाे सिंहले बताए ।
प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले आधिकारीक जानकारी नआएकोले हाल जिल्ला प्रहरी कार्यालयलाई उदारको लागि तत्काल घटना स्थलमा पुगि जानकारी दिन अनुरोध गरीएको बताए । उता मृतकका आफन्तले गर्खाकोट स्वास्थ्य चौखिमा पोस्टमाटम नहुने भएकाले लास बोकेर जिल्ला सदरमुकाम खलंगा पुर्याउन कठिनाई हुने भएकाेले गर्खाकाेट स्वास्थ्यमा डकटर पठाउन अनुराेध गरिएकाे जिल्ला युवा संघ नेपाल जाजरकाेटका सचिव जय बहादुर बस्नेतले बताए ।
यस्ताै राष्टिय सभा सदस्य भौरब सुन्दर श्रेष्ठ कर्णली प्रदेश सभा सदस्य करबिर शाही सदस्य कौसिला वति खत्रिले एउटौ घरका दुई जना पहिरोमा परि भएको निदन प्रति दुख्ख ब्यक्त गरे । साथै मृतक लाई राहत र घाइतेहरुलाई उपचारको लागि बिषेश पहल गर्ने बताए ।