Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

अनशनको २० औँ दिन डा. केसी काठमाडौं फर्किए ।


जुम्ला ३ साउन । डा गोविन्द केसी जुम्लामा अनशन बसेको २०औँ दिन काठमाडौं फर्किएका छन्। २० दिनअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेका केसी बिहीबार सेनाको हेलिकोप्टर मार्फत काठमाडौं फर्किएका हुन्।

उनलाई जुम्लाका स्थानीयले फूलमाला लगाएर विदाइ गरेका छन्। उनको स्वास्थ्य बिग्रिएपछि सरकारले काठमाडौंबाट हेलिकोप्टर पठाएर बल प्रयोग गरेर भएपनि उठाएर ल्याउने भनेको थियो। जसको विरोधमा जुम्लाका स्थानीय र विद्यार्थीहरूले विरोध गर्दा झडप भएको थियो। जसमा गोली चल्दा एकजना प्रहरी घाइते भएका छन्।


ताजा समाचार