Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जुम्लामा गोली नचलेको प्रहरी दाबी, ‘शीशाकाे बोतलले घाइते’ प्रहरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार

साउन ,३ जुम्ला ः  डा. गोविन्द केसी अनशनरत जुम्लामा गोली नचलेको प्रहरीले दावी गरेको छ । जुम्लामा गोली चलेको भनेर भइरहेको प्रचारलाई खण्डन गर्दै प्रहरीले गोली नचलेको स्पष्ट पारेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा मिडियामा आएजस्तो गोली नै नचलेको बताए । ‘त्यहाँ आन्दोलनकारीले ढुंगामुढा प्रहार गरे । शीशाका बोतल प्रहार गरे र प्रहरी कमल आचार्य घाइते भए,’ उनले भने, ‘अहिले उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अपरेसन थिएटरमा उपचार जारी छ ।’ घाइते आचार्यको अवस्था चिन्ताजनक रहेको उनले बताए ।

प्रतिष्ठानमा उपचार सम्भव नभए उनलाई उपचारका लागि अन्यत्र लगिने भएको उनले बताए । ‘तर, अत्याधिक रक्तश्राव भएका कारण हेलिकप्टरमा लैजान मिल्छ कि मिल्दैन ? त्यसबारेमा डाक्टरसँग सल्लाह भइरहेको छ,’ उनले भने ।

लाेकान्तर वाट साभार


ताजा समाचार