Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

घरेलु कार्यालय द्धरा प्रबिधि हस्तान्तरण ।

जाजरकोट,३ साउन । घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोट जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुलाई उपयूक्त प्रविधि तथा मेशिनरी औजारहरु हस्तान्त्रण गरेको छ । लघु घरेलु तथा साना उद्यमीहरुलाई आ.ब ०७४÷०७५ को बार्षिक कार्यक्रम अनुसार बढिमा एक लाख को उपयूक्त प्रबिधि तथा मेशिनरी औजार ८० प्रतिशत अनुदानमा हस्तान्तरण गरेको हो ।

ठुलो प्रबिधि अन्तरर्गत २३ जनालाई र सानो प्रबिधि अन्तरगर्त २० जनालाई गरि जम्मा ४३ जना उद्यमीहरुलाई प्रबिधि तथा मेशिन औजार प्रदान गरिएको हो । उपयूक्त प्रबिधि हस्तान्तरण अन्तर्गत ठुलो प्रबिधि अन्तर्गत कार्यालयको ८० प्रतिसत अनुदान र उद्यमीहरुको २० प्रतिसत लगानी रहेको छ । जिल्लामा रहेका लघु घरलु साना उद्यमी अन्तर्गत रत्न प्रथर ,कृषि र्फम, मौरी फर्म , मादल उद्योग,नर्सरी, अल्लो प्रशोधन ,सिलाईकटाई,ब्यूटिपालर,फोटो स्टुडियो ,छापाखाना,ग्रिल उद्योग,फर्निचर उद्योग ,होजियारी जस्ता बिभिन्न उद्यम सञ्चालन गरेकाहरुलाई मेशिन औजार दिइएको छ ।

उद्यमीहरुलाई रत्न पथर कटिग मेसिन ,जेनेरटर ,पाईप ,ड्रम, कलर प्रिन्ट, सिलाई मेसिन ,मौरी घार, जस्ता बिभिन्न सामानहरु हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग बिकास समितिका उद्योग अधिकृत इन्दिरा भुसालले बताईन । यस बाट प्रत्यक्षरुपमा ४३ जना उद्यमीहरु लाभान्वित भएका छन । पुजिको अभावमा उद्यम सञ्चालन गर्न नसक्ने उद्यमीहरुका लागि ब्यबसाय सञ्चालन गर्न यो उपकरणले टेवा पुर्याउने बिश्वास उद्योग अधिकृत भुसालले ब्यक्त गरिन ।।


ताजा समाचार