‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बुधबार देखि शुरू ।
काठमाडौं २ साउन । बुधबार साँझदेखि ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम प्रसारण शुरु हुने भएकाे छ ।
प्रधानमन्त्रीसँग अन्तरक्रिया गरिने यो कार्यक्रम हरेक १५ दिनमा बुधवार साँझ ८ः४५ बजेदेखि एक घण्टा प्रसारण हुनेछ । कार्यक्रमका प्रस्तोता एवं निर्माता मनोजराज पाण्डे हुन।
कार्यक्रमको निर्माण कथा नेपालले गर्नेछ भने कार्यक्रम निर्माणमा पत्रकार, अनुसन्धानकर्ता एवं विज्ञ गरी झण्डै १५ जना जनशक्ति सहभागी हुने बताइएको छ ।
निर्माण कम्पनीले केही दिनअघि सार्वजनिक गरेको कार्यक्रमको प्रोमोमा प्रधानमन्त्री केपी शर्मा ओली रोएको दृष्यसमेत समावेश छ ।
सधैजसो उखान टुक्का, हँसिमजाक र छेडछाड गर्ने प्रधानमन्त्री ओली रोएको फुटेज सार्वजनिक भएपछि ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम दर्शकहरुकालागि प्रतिक्षित बनेको छ