Loading... आजः सोमवार, कार्तिक १०, २०७७

सिटीजन लाईफ इन्स्योरेन्स जाजरकोट शाखा द्धरा अभिकर्ताहरू लाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।


जाजरकोट,२ साउन ।सिटीजन लाईफ इन्स्योरेन्स कम्पनी जाजरकोट शाखाले अभिकर्ता सम्मान कार्यक्रम बधाई तथा सम्पन्न गरेको छ । जिल्लाम रहेका बिमाम कार्यरत अभिकर्ताहरुले भनेको समयमा बिभिन्न स्किम जित्न सफल भएकोले आगामि दिनमा थप हौसला प्रदान गर्नको लागि बुधबार अभिकर्ताहरु लाई बधाई तथा सम्मान कार्यक्रम सञ्चालन गरिएको जाजरकोट शाखाका प्रमुख गोबिन्द बहादुर बुढाले जानकारि दिए ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीको प्रमुख अथित्यमा सम्पन्न भएको कार्यक्रममा स्किम बिजेता जिल्ला युवा समिति जाजरकोटका सचिव जय बहादुर बस्नेत , सविता शाही ,डम्बर सिंह ठकुरी, प्रबेश आर.सी, गिता बुढा, दिपेन्द्र शाही, गणेश वली लगाएतका अभिकर्ताहरुलाई खादा लगाएर स्वागत गरिएको थियो ।

जाजरकोट जिल्लाम कुनै नागरीकले बचत गर्ने बानी नभएको बेला जिल्लाम “समृद्धि तपाईको साथ हाम्रो” भन्ने मुल नाराका साथ सञ्चालन गरिएको बिमा कार्यक्रमले प्रत्यक नागरिकहरुले बचत गर्ने बानि बसालने र भबिश्य सुरक्षित हुनेमा आफु बिश्वस्त रहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

घर्तीका अनुसार कुनै नागरीक बाहिर देश जादा जिवन सारथी बिमा गरनु पर्ने बाध्यता हुने हाल आफनो ठाउमा दुई रुपैया बचत गर्न कोही पछी नहटने पनि बताए । समृद्ध नेपाल सुखि नेपालि हुनको लागि देशमा मुख्य युवाहरुको भुमिका रहने भएकोलेले युवाहरुले सञ्चालन गरेको अभियान प्रति प्रसंसा समेत गरे ।

गत फागुनमा भएको बस दुर्घटनामा ज्यान गुमाउने हरुले जिवन बिमा बनाउको भए हाल मृतक हरुको बालबालीकाको बिचल्ली नहुने भन्दै आक्समीक जिवनलाई ख्याल गरि सबैले बिमा गर्नू पर्ने बताए । यस्तै लाईफ ईन्स्योरेन्स जाजरकोटका प्रमुख बुढाले जाजरकोट जिल्ला आफैमा दुर्गम भएकोमा दुर दराजमा हजारै बचत गर्ने हातहरु आतुर रहेको बताए ।

काठमाण्डौका कर्मचारी जाजरकोटका दुर्गममा काम खासै प्रभाव कारि नभएकोले आगामि दिनमा सबै नागरिकहरु लाई बचत गर्ने बानिको बिकास गर्नको लागि जिवन सारथि बिमा तोकेको मिति पुगे पनि ९० बर्ष सम्म जिवित मान्छे रहन्जेल कम्पनीले आफौ बिमा गर्दिने भएकोले अवको युवा संक्तिहरु बिमा क्षेत्रमा लाग्न जरुरी रहेको समेत बताए ।

 


ताजा समाचार