Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

युरोप भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौं । अाउदाे जुलाई २९ तारिकमा आयोजना हुने नेदरल्याण्ड र एमसीसी बिरुद्ध को टि- २० शृंखला तथा अगष्ट १ र ३ तारिकमा नेदरल्याण्ड बिरुद्ध हुने एक दिवसीय शृंखलाका लागि नेपाली टोलीको छनौट भएको छ।

एक दिवसिय अन्तराष्ट्रिय मान्यता पाएपछि पहिलो खेलका लागि नेपालले १५ सदस्यीय क्रिकेट टोली घोषणा गरेको हाे। टोलीमा सुवास खकुरेलले पुनरागमन गरेका छन्। सन् २०१५ पछि खकुरेलले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

पारस खड्काको कप्तानीमा नेपाली टोलीले अगष्ट १ र ३ तारिखमा नेदरल्यान्ड र जुलाई २९ मा एमसीसीसँग खेल्ने छ। घोषणा भएको टोलीमा  अन्य टाेलीमा अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, शरद भेष्वाकर, सोमपाल कामी, शक्ति गौचन र सन्दिप लामिछाने रहेका छन्।

टोलीको बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, सुशन भारी र प्रदीप ऐरी रहेका छन्। नेपाली टोली खेलका लागि जुलाई १९ मा बेलायत तर्फ प्रस्थान गर्ने छ।


ताजा समाचार