Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

 नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाम खलंगा सिसिटिभीको निगरानी ।

जाजरकोट ,१ साउन । जाजरकोटको सदरमुकाम खलंगामा सिसिटिभी जडान कार्य सुरु गरिए संगै जिल्ला सदरमुकाम खलंगा सिसिटिभीको निगरानीमा रहने भएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय जाजरकोटको समन्वयमा जिल्ला सदरमुकाम खलंगा सिसिटिभीको निगरानीको लागि सिसिटिभी सोमबार देखि जडान कार्य सुरु गरिएको हो ।

जिल्ला सदरमुकामको तल्लो थाप्ले , ठाँटीवजार ,गैरीखाली , शान्ति चौतारा लगाएका क्षेत्रमा सिसिक्यामरा जडान गरिन लागिएको भेरी नगरपािलकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । जिल्ला सदरमुकाम हाता भित्र दैनिक बिभिनन बिकृतीहरू बढदै गएको कारणा उत्तकाम गर्न लागिएको प्रमुख घर्तीले बताए । घर्तीका अनुसार जडान गर्नेकाम एक हप्ता भित्र सवै पुरा हुँने बताए ।

सिसिक्याक्यामरा जडान पछि यहाँ हुँने विभिन्न अपराध , चोरी , डकैती , हो हल्ला , शान्ति सुरक्षा भंग गर्ने लगाएका कार्यहरु कमी आउँने प्रहरीले अपेक्षा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक रबिन्द्र बहादुर सिंहले बताए ।साथै जिल्ला सदरमुकाम खलगा भित्र सार्वजनिक कार्यक्रम सञ्चालन गर्नको लागि ठाउ पनि तोकेको छ ।

जिल्ला प्रशासन कार्यालयमा वसेको वैठकले जिल्लाका ३ ठाउँमा मात्र कार्यक्रम गर्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले दिएको जानकारी अनुसार तल्लो थाप्ले , ठाँटीवजार, गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने निर्णय भएको छ ।


ताजा समाचार