Loading... आजः शनिबार, कार्तिक ८, २०७७

आर्थिक बर्ष सकिनै लागदा जाजरकोटमा १ सय ५९ जना नयाँ उद्यमि सृजना ।

रेशम बहादुर खडका
साउन १ जाजरकोट ।
जाजरकोट मा १ सय ५९ जना लघु उद्यमी सिर्जना गरिएको छ ।
घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोट को आर्थिक सहयोग र पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको आयोजना मा जिल्लामा सो संख्यामा उद्यमी सिर्जना गरिएकोे हो । जिल्लाका भेरी नगरपालिका,छेडागाड नगरपालिका,नलगाड नगरपालिका ,कुशे गाउँपालिका ,बारेकोट गाउँपालिका ,जुनिचाँदे गाउँपालिका,शिवालय गाउँपालिकामा लघु उद्यमी सिर्जना गरिएको जिल्ला कार्यक्रम ब्यबस्थापक मनसिंह बुढाले जानकारि दिए ।

वेरोजगार युवा युवतीलाई उद्यमशिलता विकास तालिम सञ्चालन पश्चात उनीहरुले छनोट गरेको व्यवसायको आधारमा व्यवसाय गर्न इच्छा तथा बजार भएको विषयमा प्राविधिक सिप विकास तालिम प्रदान गरिएको थियो । कार्यक्रम मार्फत बेरोजगार युवा युवतीहरु व्यवसायीक बनेका घरेलु तथा साना उद्योग विकास समिति मूख्य शाखा कार्यालय, जाजरकोटका उद्योग अधिकृत इन्दिरा भुसाल ले बताइन ।

नयाँ उद्यमी सिर्जनाका लागि स्थानीय समुदायमा सहभागितात्मक ग्रामिण लेखाजोखा (एच्ब्) तथा स्रोत सर्वेक्षणबाट पहिचान भएका स्थानीय स्रोतसाधन, बजार माग, समुदायको चाहना तथा आकर्षणका आधारमा समुदायले बनाएको योजनाअनुसार लक्षित वर्गलाई उद्यमशिलता विकास तालिम प्रदान गरी उद्यमी सिर्जना गरिने भएकाले यसले वेरोजगारी समस्या कम गर्ने भुसालको भनाई छ ।

थोरै लगानीबाट मुनम्य आम्दानी गर्न सजिलो हुने भएकाले लघु उद्यम विकास कार्यक्रमलाई नेपाल सरकारले आन्तरिकिकरण गरेर मेड्पा कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ । भुसालका अनुसार व्यवसाय सेवा प्रदायक संस्थाले व्यवसाय सञ्चालनका लागि व्यवसाय सचेतना तथा शुरु तालिम सञ्चालन गर्ने , उनीहरुलाई सिप विकास तालिम दिने, उद्यमीको आवश्यकता अनुसारको उपयुक्त प्रबिधि सहयोग गर्ने बताइन ।

साथै, उद्यम सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक रकमको लागि वित्तिय संघ सस्थाहरु सँग समन्वय पनि गरि उद्यमी सृजना गरिएको अधिकृत भुसाल ले जानकारि दिइन । यस्तै उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रिले जाजरकोट जिल्लाम लघु उद्यमिहरु बढाइ रोजगारी सृजना गराएकोमा धन्यवाद दिनु भएको छ । देशमा ब्यरोजगारीको समस्या कायम रहेको बेला छोटो समयमा जिल्लाम सो संख्याम सृजना गरिएको लघु उद्यमी हरुको आगामि दिनमा उद्योग बाणिज्य संघ जाजरकोट बाट हुने जुनसुकै काम हाते मालो गरि अगाडि बढने समेत अध्यक्ष खत्रीले बताए ।

सञ्चालन गर्नको लागि कार्यक्रमको समय भएकोले गाउँमा उद्यमीहरुलाई सिक्ने चाहना अनुसार समय प्रयाप्त नभएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला उद्यम बिकास समितिका संयोजक मन बहादुर रावलले बताए । कार्यक्रम प्रभाबकारी जिल्लाम भएको कार्यक्रम उद्यमीहरुलाइ धागो बनाउने मात्र सिप नभएर धागो बुन्ने तालीम पनि सञ्चालनको लागि कार्यक्रम निरन्तरता कार्यन्वयन गर्दा थप परिणम मुखि हुने बताए ।

जाजरकोट जिल्लाम पुर्खा देखि चलिरहोको सिप लोप हुदै गएकोमा आगामि दिनमा उक्त सिपलाइ ब्यबसायि करण गर्न आग्रह गरे । जाजरकोटकोे नलगाड नगरपालिका मा रहेकाक ७० जना जनप्रतिनिधिले आफनो स्थानिय स्थरमा उत्पादन भएको पौरन लगाउन निति गरेको र जाजरकोटका अन्य स्थानिय तहले पनि यस्ता निति कार्यक्रम बनाउन जरुरी रहेको प्रमुख रावले बताए ।


ताजा समाचार