Loading... आजः शनिबार, मंसिर ११, २०७८

धरानका मेयर तारा सुब्बाको मृत्यु

धरान  । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ। ५२ वर्षीय सुब्बाको उपचारका क्रममा मंगलबार दिउसो १ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको उनका पिएसओ देवहाङ राईले जानकारी दिए।

निमोनिया भएपछि उनी एक महिनादेखि काठमाडौंमा उपचार गराइरहेका थिए। उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उपमहानगर प्रमुख सुब्बाको फोक्सोमा पनि इन्फेक्सन देखिएको चिकित्सकले बताएका छन्।

मृतक सुब्बाका श्रीमती र छोरा छन्।

अन्नपुर्ण पोस्टबाट साभार 


ताजा समाचार