Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

भेरी नगरपालिकाद्धारा दृष्टिविहिन विद्यार्थीलाई कम्प्युटर प्रदान


जाजरकोट । जाजरकोटमा सञ्चालित एक मात्र दृष्टिविहिन स्रोत कक्षालाई भेरी नगरपालिकाले सहयोग गरेको छ । दृष्टिविहिन तथा शारिरिक अपांगता भएका बिद्यार्थीहरुलाई अध्ययन गराइरहेको स्रोत कक्षालाई भेरी नगरपालिकाले शनिवार कम्प्युटर प्रदान गरेको हो ।

भेरी नगरपालिका वडा नम्बर ६ को लक्ष्मि माध्यमिक विद्यालयमा संचालित दृष्टिविहिन अपांग स्रोत कक्षाका शिक्षक ठगेन्द्र लुहारलाई नगरप्रमुख चन्द्रप्रकाश घर्तीले उक्त सामग्रीहरु प्रदान गर्नु भएको हो । चार थान कम्प्युटर ल्याप्टप, एक थान प्रिन्टर मेसिन, एक थान साउण्ड रेकर्डर प्रदान गरिएको हो । तिन लाख बढि रकमको सामग्री दृष्टिविहिनहरुको अध्ययन अध्यापनको लागि दिइएको छ ।

शारिरिक अपांगता भएका तथा दृष्टिविहिन विद्यार्थीहरुलाई आधुनिक प्रविधिको प्रायोग गरी अध्ययन गराउने कम्प्युटर हस्तान्त्रण गरिएको नगरप्रमुख घर्तीले बताउनु भयो । उचित प्रविधि र सहयोग पाएमा शारिरिक अपांग भएका र दृष्टिविहिनहरुले पनि सपांग सरह काम गर्न सक्ने भएकाले यस्ता डिजिटल सामग्री प्रदान गरिएको उहाँको भनाई छ । शिक्षक लुहारले राम्रो काममा सहयोग गरेको भन्द्र नगरप्रमुख घर्तीको प्रशंसा समेत गरे ।

दृष्टिविहिन र शारिरिक अपांगता भएका १७ जना बिद्यार्थीहरु अहिले बिद्यालयमा अध्ययनरत छन् । उनिहरुलाई ब्रेन लिपिको माध्यमबाट अध्यपन गराइएको छ ।

नगरप्रमुख घर्तीले यस्ता बिद्यार्थीहरुलाई पढ्न पाउने अधिकारबाट बंन्चित गर्न नहुने धारणा राखे । आफु संधै दृष्टिविहिन र शारिरिक अपांगता भएका बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन अन्य सरसहयोग गर्न तयार रहेको नगरप्रमुखको भनाई छ । उक्त स्रोत कक्षामा जाजरकोट संगै सल्यान, रुकुम र दैलेखका बिद्यार्थीहरु अध्ययनरत छन् ।


ताजा समाचार