Loading... आजः सोमवार, कार्तिक ८, २०७८

दल्ली स्वास्थ्य केन्द्रमा विसालु च्याउ विरुद्धको औषधी नहुँदा विरामी रिफर


जाजरकोट ३१ असार । जाजरकोटको नलगाड नगरपालिका दल्ली स्वास्थ्य केन्द्रमा विसालु च्याउ विरुद्धको खोप औषधि नहुदा बिरामि लाई रुकुम चौरजहारी रिफर गरिएको छ । अाफनाे स्थानिय तहमारहेकाे स्वास्थ्य चाैकिमा अाैषधि काे ब्यबस्थापन नगरि स्थानिय तह मुख दर्सि भएकाे छ।  जंगली च्याउ खाएर बिरामि परेका एकै घरका चार जनालाई प्रथामिक स्वास्थ्य केन्द्र दलीमा लिदा कुनै च्याउ बिरुदको कुनै औषधि नहुदा प्रथामिक स्वास्थ्य केन्द्रले थप उपचारको लागि चौरजहारी रीफर गरेको आफन्तले जनाएका छन ।

एक अभिवाभकले भने । बर्खा यामको बाटो न यातायातको ब्यबस्था एउटौ घरका ४ जनालाई बोकेर रुकुम तिर लाग्नु जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको ठुलो लापर्बाहि भएको बताए । बिरामि हुनेमा नलगाड ७ चामाखेतकी ९५ बर्षिया कमला नेपाली, ६५ बर्षिया मुना नेपाली, ३० बर्षिया तिला नेपाली र २० बर्षिया विपना नेपाली विरामी परेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

च्याउ खाएर विरामीभएका बिरामि जिल्ला सदरमुकाम बाट १६ कोष पुर्व प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा प्राथमिक उपचार हुँन नसकेपछि रुकुम चौरजहारी रिफर गरिएको दल्ली स्वास्थ्य केन्द्रले जनाएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तरकारीको रुपमा पकाएर खाँदा उनीहरु चार घरका २० जना विरामी परेको भएपनि चार जना सिकिस्त भएको नगरपपालिका स्रोतले जनाएको छ ।

सामान्य विरामी परेका अन्य १६ जनाको गाँउमै उपचार भैरहेको स्थानियहरुले जानकारि दिउका छन । विरामी मध्य विपनाको अवस्था गंभिर रहेको स्वास्थ्यकर्मीको भनाई छ । विरामी भएकाहरु हजुर आमा, आमा र छोरीहरु हुन् ।


ताजा समाचार