Loading... आजः बुधबार, कार्तिक ३, २०७८

नगर प्रमुख घर्ती द्धरा साईकल यात्री बानियालाई मायाको चिनो प्रदान ।


विनोद कुमार घर्ती
जाजरकोट,३१असार । जाजरकोटको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले साइकलद्धारा नेपाल भ्रमणमा रहेका ओमप्रकाश बानियाँलाई मायाको चिनो प्रदान गरेका छन । आइतवार नगर प्रमुख घर्तीले जाजरकोटमा पुगेका यात्रि बानियालाई १५ हजार नगद सहित मायाको चिनो प्रदान गरेका हुन । नेपाल भ्रमणमा रहेका बानियाको सफल यात्राको लागि आइतवार बिहान आफनो निवासमा नगर प्रमुख घर्तीले चिनो प्रदान गरेको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।

कुनै पनि ब्यक्तिले पबित्र मनले बुनेको सपना प्रति सधै आफनो साथ सहयोग हुने प्रमुख घर्तीले बताए । यात्रि बानिया गत बैशाख १९ आफ्नो यात्रा सुरु गरेका थिए। बाँनियाले जाजरकोट सम्म आउँदा ४६ औँ जिल्लामा पार गरिसकेको बताए । “जाजरकोटको भेरी नगरपालिकाले मलाई सम्मान गरेर मायाको भारी बोकाउनु भएको छ यो भारिलाइ कहिले नबिस्रने ” बानियाले बताए । यात्रा गर्न ३१ जिल्लाले पनि मलाई माया गर्नुहुने छ भन्दै बाँनियाले आशा व्यक्त गरे ।

घर्तीलाई बाँनियाले भने माया, ममता, अनि आत्मियता आर्जन गर्ने उदेश्यले म प्रदेश नं. १ को पर्यटन र साँस्कृतिक क्षेत्रको प्रवद्र्धनका साथै प्रचार प्रशार गर्ने र विश्वमै पुस्कर शाहले देशका ७५ वटा जिल्ला घुमेर साइकलद्धारा यात्रा सफल गरी विश्व रेकर्ड तोड्नु सम्मानित हुनुभो त्यसरी नै म मेरो काम पनि देशैभरी साईकलमा यात्रा गरी ७७ जिल्ल्लाको नयाँ रेकर्ड बनाउँने इच्छा पुरा गर्ने बताए ’ ।

बैशाख १९ गते देखि असोज १७ गते देशका ७७ वटै जिल्लाको साइकल यात्रा पुरा गरि पहिलो पटक प्रदेशको पहिलो साईकल यात्री वन्ने उद्देश्य सहित “शान्ति शुसासन र समृद्धिको ” नारा बोकेर यात्रामा लागेको नागरिक रहेको बानियाले बताए ।यात्राको क्रममा ७ वटै प्रदेशका धार्मिक, कलात्मक, साँस्कृतिक सम्पदाको प्रचारप्रसार गर्नका लागि आफु मरिमेटी साईकल यात्रामा रहेको बताए ।

‘प्रदेश नं. १ मा बिश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, लगाएतका आर्कषक ठाँउहरु रहेका छन् भन्दै जाजरकोटमा पनि मेरो ठाउँ जस्तै एतिहासिक ठाउँहरु रहेको पाउँदा निकै खुसी भएको बताए । बाँनियाले हाम्रा सम्पदाको प्रचारप्रसार साथै शान्ती, समृद्धि र स्थायित्वको नारा बोकेर देश दौडाहामा हिडेको बताउनुभयो । आईतबार जाजरकोट सदरमुकामबाट उहाँ कर्णाली प्रदेशको राजधानी सुर्खेत जानुभएकोद्धारा नेपाल भ्रमणमा रहेका ओमप्रकाश बानियाँलाई सम्मानित गनुभएको छ । बाँनिया जाजरकोट आएको सन्दर्भमा भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले १५ हजार नगद , सिफासिर ,खादा सहित मायाको चिनो प्रदान गनुभयो ।


ताजा समाचार