Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

४६ औँ जिल्ला पार गर्दै साइकल यात्री बानियाँ जाजरकोटमा


विनोद कुमार घर्ती ।
जाजरकोट ३०, असार । साइकल यात्री ओमप्रकाश बानियाँ जाजरकोट आईपुगेका छन् । ७ वटै प्रदेशलाई चिनाउन देशभर साइकल यात्रा गरिरहेका बानिया शनिवार जाजरकोट आइपुगेका छन् । नेपालको राष्ट्रिय झण्डा फहराउदैँ आफ्नो प्रदेशीय यात्रालाई लम्काउदै देशका ७७ ओटै जिल्ला पार गर्छु भन्ने उद्देश्यले हाल सम्म जम्मा ४६ औँ जिल्ला पार गरी सकेका बानिया जाजरकोट पुगेका हुन् । बानियाले टाउकोको सुरक्षा गर्ने भन्दै हरीयो हेल्मेट, आफुले यात्रा गर्ने साइकलको अगाडी भागमा राष्ट्रिय झण्डा राखेका, कालो झोला पछाडी बोके र जाजरकोट पुगेका छन ।

नेपालको पहीचान देखाउछु भन्दै सवै जिल्लाहरुमा नेपालनै लेखेको प्रयोग गर्ने सोचमा छु भन्दै आफुले लगाएको टिसर्टमा पनी नेपाल लेखीएको उनले बताए । २७ बर्षिय बानियाँको हरेक शब्दहरुमा राष्ट्रियता, स्वाधिनता,मर्मस्पस्टता, स्वाभिमानी र देश भक्ती नेपालीको भाब झल्कीने गरि आफनो यात्रामा छन ।

हाल सम्म ७ ओटा प्रदेशका धार्मिक, कलात्मक, स्वाभिमान तथा साँस्कृतिक सम्पदाको प्रचारप्रसार गर्न आफु मरीमेटी साईकल यात्रामा रहेको बताए । ‘प्रदेश नं. १ मा बिश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, लगाएतका आर्कषक ठाँउहरु जस्तै जाजरकोटको ,जाजरकोट दरवार, डोल्पाको तिरपुरा सुन्दरी मन्दिर,से–फोक्सुण्डो ताल विभिन्न गाउँपालिका तथा नगरपालिकामा भएका सम्पुर्ण धार्मिक तथा पर्यटकीय स्थललाई चिनाउनका लागि साइकल यात्रा गरेको बताए । नेपालमा रहेका सम्पदाको प्रचार प्रसारमा मद्धत मिल्ने बानियाको भनाइ छ ।

आफू शान्ती, समृद्धि र स्थायित्वको नारा बोकेर देश दौडाहामा हिडेको बताए । उच्च शिक्षा समेत हासिल गरेका बानियाँ केहि समय पहिले ५ बर्षका लागि बैदेशिक रोजगारीका लागि बाहिर गएका बानिया कतार बसेका थिए सुनसरीको ब्राह क्षेत्र नगरपालिकाम घर भएका बानिया गत बैशाख १९ गते बाट साईकल यात्रा सुरु गरेका थिए भने आगामि असोज १७ गते देशका ७७ वटै जिल्लाको साइकल यात्रा गरिसक्ने लक्ष्य लिएर हिडेका उनी अहिले जाजरकोट लगाएत ४६ औँ जिल्लाको यात्रा पार गरिसकेको बताए ।

बर्षातको समय भएकाले ठाँउ ठाँउमा बाटो अबरुद्ध हुनु बाटोमा पानी पर्नु जस्ता बिभिन्न चुनौतीका बिच आफ्नो ७७ जिल्लाको यात्रा केही हप्ता ढिला हुन सक्ने बताए ।आफनो देशको माया छातीमा राखेर साईकल यात्राले देशको सबै जिल्ला घुम्न सकिने बताए । प्रत्यक जिल्लाम एउटा मान्छेले सबै देश भरि यात्रा साईकलमा गर्न सक्छ भन्ने शन्देस दिन दौडाहामा रहेको भएपनि केही मान्छेहरुले आफुलाई नराम्रो रुपमा हेर्ने गरेको बताए ।

साथै यात्राको क्रममा ओखढुगाम केही युवाहरुले आफुलाइ लुटन खोजि आफु माथि हात्पात समेत गरेको बानियाले गानासो गरे । ‘साईकल यात्राबाट पुरै देश घुम्न गाह्रो छ, म नेपालका सबै जिल्लाको साईकलबाट नै यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन यो अभियान शुरु गरेका हुँ । साइकल यात्री वानियाँ रुकुमको मुसीकोट खलंगाबाट शनिवार जाजरकोट खलंगामा आइपुगेका छन ।


ताजा समाचार