Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

यो बर्ष १३ लाख राजश्व संकलन ।

जाजरकोट, ३० असार । जाजरकोटमा चालू आर्थिक वर्ष २०७४÷०७५ मा १३ लाख ९ हजार राजश्व संकलन गरिएको छ । अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालयले अार्थिक बर्षमा १३ लाख ९ हजार राजश्व संकलन गरेको हो । जिल्लाम ट्राफिक नियम उलघन गरि सवारि साधन चलाउने बिभिन्न सवारी साधनहरु बाट आ.व मा सो रकम संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरि सहायक निरिक्षक आनसिंह भण्डारीले बताए । “जाजरकोट जिल्लाम आए पछि सबै किसिमका दुर्घटनाहरु देखि सडक अवरुद सम्म दिन रात खटिएको छु ।” प्रमुख भण्डारीले भने ।

त्यस्तै कारबाहिमा परेका सवारि साधनहरु बस संख्या ४ सय ४९ वटा बाट २ लाख ६१ हजार रुपैया संकलन गरिएको प्रमुख भण्डारीले बताए । ट्रक २ सय ५ वटा बाट १ लाख २० हजार ५ सय, टेकटर २ सय २५ बाट १ लाख ३५ हजार जिप ३ सय ९१ बाट २ लाख २० हजार ५ सय मोटसाईकल ९सय ६१ बाट ५ लाख ७१ हजार अन्य मापसे मापदण्ड बिपरित भाडा असुलि ट्राफिक नियम उल्लघन बाट २३ ओटा बाट घटना भएकोमा १ लाख २५ हजार रुपैया संकलन गरिएको प्रमुख भण्डारीले बताए ।

भण्डारीका अनुसार जिल्लाम मापसे सेवन सम्बन्धी कुनै मेशिन औजार नभएकोले मापसे सञ्कापत सवारि चालकलाइ जिल्ला अस्पताल लिन नसकिने बताए । बिन लाइसेन्स ट्राफिक निएम उलघन क्षमता भन्दा धेरै यात्रु लगायतका सवारि साधन कार्बा्हि परेको प्रहरी कार्यालयले जनाएको छ । काबाहिमा सबैभन्दा धेरै सवारि साधन मंसिरमा परेका थिए मंसिर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको चापले धेरै सवारी साधन कारबाहिमा परेको प्रहरि जवान राजेन्द्र शाहिले बताए ।

अन्य जिल्लाको तुलनाम जाजरकोटमा सवारि साधनको चाँप कम भएकोले पनि जाजरकोटमा ट्राफिक नियम उल्घन बढि हुने गरेको जवान लोक बहादुर केसिले बताए । जिल्लाम आ.बमा सवारी साधन दुर्धटना पनि तेति भयानक नभएको बताए कुल २७ ओटा साना दुर्घटनामा १ जनाको निधन बाहेक जाजरकोटि जनताको अन्य धन जनको क्षति नभएको समेत प्रमुख भण्डारीले जाकारि दिए ।

भौगोलीक बिकटता जिल्लाका बिभिन्न ठाउँहरुमा पुग्नको लागि एकलै खटेर नसकिने भएकोले जिल्ला मातहतमा हाल कर्मचारी जनशक्तिको अभावले काम गर्न कठिनाई भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ । हाल जिल्लाले कुनै पनि पहल नगर्दा जनशक्तिको अभावका कारण जिल्लाका सबै क्षेत्रमा सेवा बिस्तार गर्न नसकिएको समेत कार्यालयको भनाइ रहेको छ । हाल जिल्ला ट्राफिक कार्यालयको भवन नहुदा रातानिद जागा जाग भएर चुहिने टिनको झुपडि बाट सेवा दिन बाध्य भएका छन । पानि परे चुहिन्छ हावा चले उडाउला भन्ने डर छ ।

न बस्नको राम्रो भवन छ न जनशक्ति अरुलाई सुरक्षा दिने ठाउमा आफै असुरक्षित छन जाजरकोटका ट्राफिक प्रहरी बर्षै दिन बित्यो न कुनै सरोकार वालाले ध्यान दिए नत जिल्ला प्रहरीले कुनै चासो यसै पनि सेवा दिनमा कठिन भएको छ ।


ताजा समाचार