Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

पश्चिम रुकुममा बस दुर्घटना १ काे निधन १६ घाइते ।

रुकुम ,२९ असार । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको सल्लेबाट खलङा बजार तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १ जनाको ज्यान गयको छ भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ की २५ बर्षिया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । ना ५ ख ६५१० बस सल्लेको मुलखोलामा दुर्घटना भएको हो।

गम्भीर घाइते ८ बर्षिया नबिना थापालाई नेपालगंज रेफर गरिएको छ घाइते हुनेहरुमा मुसिकोट नगरपालिका १ का चन्द्र बि।क, २३ बर्षकी देवी के।सी, बर्ष ५४ का बिष्णु बुढाथोकी,१० बर्षिया मञ्जु भण्डारी, ११ बर्षिया झरना थापा, वडा नं १३ का बर्ष २२ का बिष्णु खड्का, वडा नं १ की दिपिका बुढाथोकी, बर्ष २ का वालक जेनिष ओली, ७ बर्षिया मृता ओली, बर्ष २० की मनिणा बिक।

सी खड्का, बर्ष ८ का प्रबेश थापा, बाँफिकोट गाँउपालिका १० का बर्ष ४ का देवबहादुर बि।क, बर्ष ६ का जेनिष चन्द, र बर्ष २६ कि कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

अन्य घाइतेहरुलाई जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ दुर्घटना को थप बिवरण आउन बाकी छ । 


ताजा समाचार