Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

महिनावारी हुँदा दुखाईका कारण धेरै पिडा हुन्छ, कम गर्न यस्तो गर्नुहोस


महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डिस्मेनोरिया भनिन्छ । कतिपय अवस्थामा दुखाई लामो समयसम्म पनि हुन सक्छ । केहि महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ । डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ ।

दुखाई कम गर्न यस्ता विभिन्न घरेलु तरिका अपनाउन सकिन्छ-
१) दुध- क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईलाई दुध मिठो लाग्दैन भने तपाईले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।

२) मेवा- महिनावारी भएको बेला खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३) गाजर- गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४) घिउकुमारी- महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको
पीडालाई कम गन गर्र्दछ ।

५) तुलसी- पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६) तातो पानीले नुहाउनुहोस्- तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७) अदुवा- एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८) व्यायाम- हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९)  बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।

१०) चुकन्दरको ताजा रस सानो गिलासको ,१ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाई लाई मद्दत पुग्दछ ।


ताजा समाचार