Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

जुनिचाँदेमा बर्खे फलफुलका बिरुवा बितरण ।

जाजरकोट,२८असार । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले बर्खे फलफुलका बिरुवाहरु बितरण गरेको छ । गाउँपालिका भित्रका रहेका कृषक समुह र अन्य कृषकहरुको आयआर्जन बृदिको लागि गाउँपालिकाको कृषि बिकास शाखाले बर्खे फलफुलका बिरुवा बितरण गरेको हो ।

जुनिचाँदे गाउँपालिका भित्र रहेको करिब २० हेक्टर क्षेत्रफल जग्गामा लगाउनको लागि सुन्तला ,कागति ,अलैंची ,मौसमिका बिरुवाहरु कृषक लाइ बितरण गरिएको जुनिचाँदे गाउँपालीकाका कृषि बिकास शाखाका प्रमुख लाल बहादुर खडकाले जानकारि दिए ।

कृषक हरुको बिरुवा लगाउनको लागि गाउँपालीका भित्र प्रसस्त जमिन भएको तर हाल भारत बाट आएको फलफुल खान बाध्य रहेकोले आगामि दिनमा पोषण सुधारको लागि गाउँपालीकाम अलैंचि ६ हजार बिरुवा र कागति ,सुन्तला ,मौसमि ६ हजार बिरुवा बितरण गरिएको प्रमुख खडकाले बताए ।

“गाउँपालीका भित्र रहेका कृषकहरुको माग लाई मध्यनजर गरि कृषक को रोजाई अनुसारको बिरुवा बितरण गरिएको हो ।”प्रमुख खडकाले भने । उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले गाउँपालिका भित्र रहेका कृषकहरुको गाउँपालिकाले सुरुमा माटो परिक्षण गरेको सोहि अनुसार मौसम अनुकुल बिरुवा बितरण गरेको बताए ।


ताजा समाचार