Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

जीविको पार्जनका लागि जुनिचाँदेमा बाख्रा वितरण ।


जाजरकोट,२८असार । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा विपन्न समुदायलाई जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको छ । जुनीचाँदे गाउँपालिका पशुपन्छी विकास शाखाद्धारा जुनीचाँदे २ को भैरव कालिका बाख्रा पालन समूह र जुनीचाँदे ११ फूलाबरी बाख्रा पालन समूह कोर्ताङ्गमा बाख्रा वितरण गरिएको हो । बाख्रापालनको माध्ययमबाट विपन्न समुदायको जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले प्रति सदस्य २ का दरले ३० जनालाई ६० वटा बाख्रा वितरण गरिएको पशुपन्छी बिकास शाखाका प्रमुख कृष्ण बि.क. पराजुलीले जानकारी दिए ।

बाख्राको प्रजनन् सुधारका लागि उक्त समूहमा प्रति समूह १ का दरले ५० प्रतिशत उन्नत बोयर बोका २ वटा समेत प्रदान गरिएको शाखा प्रमुख पराजुलीले जानकारी दिए । आफ्नो समुदायको जीविको पार्जनको लागि बाख्रा वितरण गरे पछि ज्यादै खुसि भएको भैरव कालिका बाख्रा पालन समुह अध्यक्ष गगनबहादुर बाठाले बताए । वडा कार्यलयको समन्वयमा पशुपन्छी विकास शाखाले कार्यक्रम संचालन गरेको र आगामी दिनमा पनि समन्वय र सहकार्यतालाई निरन्तरता दिने वडा नं २ का वडा अध्यक्ष रामबहादुर नेपालीले बताए ।

बाख्रा वितरण कार्यक्रमा सहभागि भएका वडा नं ११ का वडा अध्यक्ष अमरबहादुर शाहीले विपन्न समुदायको जीविको पार्जनका लागि बाख्रा पालन कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा पनि विपन्न समुदायको लागि बाख्रापालन कुखुरापालन जस्ता कार्यक्रम संचालन गरिदै लगिने बताए । जुनिचाँदे गाउँपालिकाम रहेका दलित गरिब बिपन्न परिवारहरुको स्वास्थ्य क्षेत्रमा पोषण सुधारको लागि कार्यक्रम सञ्चालन गरिएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले बताए ।

पशुपन्छी पालनको माध्यमबाट जनताको जीविकोपार्जनमा सुधार तथा पोषण सुधारका लागि आ.ब.२०७५र०७६को नीति तथा कार्यक्रममा समेत समेटेर पोषण लाई अगाडि बढाएको अध्यक्ष केसिले बताए । स्वच्छ एवं गुशणस्तरीय पशुपन्छी जन्य उत्पादनका माध्यमबाट जुनीचाँदे गाउँपालिकालाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउन उन्नत नश्ल, पशु स्वास्थ्य, पशु आहारा तथा उत्पादित पशुजन्य पदार्थ तथा बस्तुको बजारीकरणका जस्ता कार्यक्रम प्रथामिक्ताम राखेर कार्यक्रम सञ्चालन गरिने अध्यक्ष के.सीले जानकारी दिए ।


ताजा समाचार