Loading... आजः आइतवार, कार्तिक १६, २०७७

प्र.अ देखि समिति सम्मको मिलामतो मान्य ढुगा बिदालयमा लाखौं रकमको अनियमितता


जाजरकोट,२७ असार । जाजरकोटको कुशे गाउँपालीका वडा न २ मा रहेको मान्य ढुगा उच्च माध्यामीक बिद्यालयमा लाखौं रकम अनीयमितता भएको पाइएको छ । आर्थिक बर्ष २०७१ देखि २०७३ सम्म हरी प्रसाद जैसिको अध्यक्ष्यतामा गठन भएको बिद्यालय ब्यबस्थापन समिति र बिद्यालयका शिक्षक लेखापालको मिलोमतोमा लाखौं रकम अनियमीतता भएको पाइएको हो । बिद्यालय ब्यबसथापन समितिको आरोप छ ।

अहिलेका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष धनमाया शाहीका अनुसार गत फागुनमा बिद्यालयमा भएको अनियमितता बारेमा छानबिन गर्न स्थानिय ललीत सिंहको नेतृत्वमा छानबिन समिति गठन गर्दा आर्थिक बर्ष ०७२÷०७३ को चार कोठे भवनको जिल्ला शिक्षा बाट २४ लाख रुपँैयाम काम सम्पनन गरि रकम अभाव भएको भन्दै १२ लाख ८ हजार रुपैया अनमिता भएको प्रतिबेदन सार्वजनिक गरेका थिए ।

यस्तै सोहि आर्थिक बर्षको पुस्तकालयको लागि ६ लाख ५० हजार रुपैया जिल्ला शिक्षा कार्यालय बाट बिनीयोजन बजेटमा १ लाख २५ हजारको मात्र पुस्तक खरिद गरिएको बाकि रकम अनयमिता भएको समेत बिद्यालय ब्यबस्थापन समितिले आरोप लगाएको छ । पुस्तकालयको १ लाख २५ हजार बाहेक अन्य रकमको पुस्तकहरु आगामि साउन मसान्त सम्म बिद्यालयमा पुर्याउनको लागि ब्यबस्थापन समितिले बिद्यालयका लेखापाल धिरेन्द्र बहादुर सिंहलाइ लिखित कागज गराएको छ ।

त्यस्तै आ.ब ०७२÷०७३ को कम्प्यूटर खरिद ६ लाख ५० हजारमा ५ लाख ९१ हजारको खरिद गरेको बिल भरपाई भएको अन्य कुनैपनि बिल भरपाई नभएको बाकि पैसा अन्यमीता गरेको छानबिन समितिका संयोजक ललीत सिंहले बताए । बिद्यालयको क्यारेक्टर सटिफिकेटमा प्रत्यक बिद्यार्थिबाट १५ सयका दरले रकम असुलदै आएका हाल बिद्यालयको अभिलेखमा कुनै पनि डाटा नभेटिएको समेत बताए । छानबिन समितिले सार्वजनिक गरेको प्रतिबेदनमा ब्यबस्थापन समिति र बिद्याललयमा कार्यरत लेखापाल धिरेन्द्र सिंह प्रध्यान ध्यापक धन बहादुर सिंह निवर्तमान प्रध्यान ध्यापक बालमिकि प्रसाद सिंहको नाममा रु ३६ लाख ब्यरोजो भएको प्रतिबेदन सार्वजनिक गरेको ब्यबस्थापन समितिका अध्यक्ष धनमाया शाहीले जानकारि दिइन ।

साथै बिद्यालयको रकम अन्यमिता गर्ने लेखापाल धिरेन्द्र बहादुर सिहलाइ असार मसान्त सम्म बिद्यालयको खाताम ४ लाख ४० हजार रुपैया जम्मा गर्नको लागि दुई पक्षे लिखित कागज गरिएको हाल सम्म पटक पटक ताकेता गर्दा पनि ब्यवथा नगरेको अध्यक्ष शाहिको भनाइ छ । त्यस्तै प्रध्यान ध्यापक धन बहादुर सिंहलाई चौमासिक रु २५ हजार तिर्ने लिखित समझौता भएको बिद्यालय ब्यबस्थापन समितिले जनाएको छ । उता निवर्तमान ब्यबस्थापन समितिका अध्यक्ष हरी प्रसाद जैसिले दुर्गमा २४ लाखमा बिद्यालयको ४ कोठे भवन निर्माण गर्न गाह्रो भएको कारण बिद्यालय ब्यबस्थापन समितिका १० जना सदस्यहरु मध्य ८ जनाको उपस्थीतिमा रु १२ लाख रुपैया मुदति खाता बाट निकाल्ने निर्णय गरिएको बताए ।

आफु बहाल ब्यबस्थापन समिति लाई कुनै जानकारि नगराई नया ब्यबस्थापन समिति गठन गरिएको सबै शता र शक्तिको दुरुपयोग गरिएको जैसिले बताए । बिद्यालयमा कुनै पनि आफनो बिद्यार्थि नभएकोमा बिन अभिवाभक खलंगा बस्ने मान्छे लाई बिब्यसको अध्यक्ष बनाई सताको दुरुपयोग गरि आफुलाई दुख दिने काम भउको समेत जैसिले बताए । आफुले आफनो कार्यकालमा सम्पन्न भएका कामहरुको बिल भरपाई लेखापाल मार्फत बुझाउदा पनि हालको ब्यबस्थापन समितिले कहिले अक्तियार देखि प्रशासन सम्म काम गर्ने मान्छेको बदनाम गर्न खोजेको जैसिले बताए ।

जैसिका अनुसार बिद्यालयको भवन निर्माण गर्दा १२ लाख अपुग भएकै हो “बिद्यालय ब्यबस्थापन समितिको निर्यण हामिसंग छ । अहिलेको प्रअ धन बहादुर सिंहले खाता सञ्चालनमा ढिलाई गरे पछि बालमिकि प्रसाद सिंह र हरी प्रसाद जैसिको नाम बाट ४ लाख झिकेका हौ ” जैसिले भने । तर हालको ब्यबसथापन समितिले पैसा अनिमीतता गरेको आरोप लगाएको छ । यतिमात्र नभएर बिद्यालयको खाता बाट कुरा मिलाई दिन भनदै जिल्ला समन्वय समिति जाजरकोटका सदस्य जनक नेपालीलाई २०७१ साल फागुन १७ गते नेपाल बैक बाट रु १ लाख रुपैया समेत दिएको ब्यबस्थापन समितिले जनाएको छ ।


ताजा समाचार