Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

माटो ढिस्कोले पुरिएर एक बृद्धाको मृत्यु

बागलुङ । माटोको ढिस्कोले पुरीएर एक बृद्धाको ज्यान गएको छ । घरपोत्ने माटो खन्नेक्रममा बागलुङ निसीखोला गांउपालिका वडा नं २ रातामाटा भन्ने स्थामा ढिस्कोले पुरिएर बृद्धाको ज्यान गएको हो ।

बुधबार दिउंसो माटो लिन गएका ६० बर्षिय बृद्धा भुमा कुवंरको माटोको ढिस्कोले पुरीएर घटना स्थलमै ज्यान गएको हो ।

संगै गएकी सोहि गाउँकी २८ बर्षिय कौशिला कार्कि माटोले पुरीएर घाईते भएकी छन । घाईते कार्किको खुट्टामा चोट लागेको निसिखोला गाउँपालिका २ का अध्यक्ष कुविर बिश्वकर्माले जानकारी दिए ।


ताजा समाचार