Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

जाजरकोटमा आन्दोलीत स्वास्थ्यकर्मीको तलब मन्त्रालयबाट स्वीकृत


जाजरकोट । एक साता देखि आन्दोलनरत जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीहरुको तलब अर्थमन्त्रालयबाट स्वीकृत भएको छ । पाँच महिना देखि तलव नपाएको भन्दै अस्पतालका सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका उनिहरुको तलव बुधवार मन्त्रालयबाट स्वीकृत भएको हो ।

रकम स्वीकृत भएसंगै स्वास्थ्यकर्मिहरुले आफ्ना आन्दोलनका सवै कार्यक्रमहरु फिर्ता लिएर काममा फर्कीने बताएका छन् । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बुधवार पत्रकार भेटघाट कार्यक्रम गरि स्वास्थ्यकर्मिहरुको लागि ९५ लाख रुपाँैया स्वीकृत भएको जानकारी दिए । उनिहरुको तलव भत्ताको लागि एक करोड ३२ लाख माग गरेपनि ९५ लाख मान्त्रै मन्त्रालयले स्वीकृत गरेको नगरप्रमुख घर्तीले बताए ।

कार्यालयबाट पटक–पटक पत्राचार गरी तलव माग गर्दा पनि संबन्धित निकायवाट कुनै सुनुवाई नभएपछि नगरप्रमुख घर्ती आफै मन्त्रालय पुगेका थिए । स्वास्थ्य बिभाग, स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयमा उनि आफै गएर पहलकदमी गरेपछि रकम स्वीकृत भएको हो । भेरी नगरपालिकाले चालेको पहलकदमी सफल भएको भन्दै नगरप्रमुखले स्वास्थ्यकर्मीहरुलाई आन्दोका कार्यक्रम फिर्ता लिएर काममा फर्किन आग्रह गरे ।

स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलवको लागि केन्द्र सरकार र प्रदेश सरकार व्यखवर हुनु दुःखद भएको नगरप्रमुख घर्तीले बताए । आफ्नो तलव भत्ता स्वीकृत भएपछि स्वास्थ्य कर्मिहरुले नगरप्रमुखलाई धन्यवाद दिएका छन् । अस्पतालका टेक्नोलोजिस्ट प्रकाश पोखे्रले भने ः आफुहरु ज्यादै खुसि छौ, नगरप्रमुखको निरन्तर पहलकदमिले गर्दा तलव खान पाइने भएको छ, अव आन्दोलनका सवै कार्यक्रमहरु फिर्ता लिएका काममा फर्कन्छौ ।

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमै तलब भत्ता पाउन सकेका थिएनन् ।

दुई साता अघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत आईतवार देखि आकस्मिक बाहेकका सवै सेवा बन्द गरेर विरोधमा उत्रिएका थिए । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको थियो भने उपचारको लागी अस्पताल आउने सयौ विरामी उपचार नपाएर फर्कन बाध्य भएका थिए ।


ताजा समाचार