Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कृषकलाई फलफूलका बिरुवा वितरण

जाजरकाेट । भेरी नगरपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन कृषकहरुलाई फलफूलका बिरुवा बितरण गरिएको छ । नगरपालिकाको कृषि उपशाखा मार्फत कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा कागती,  सुन्तला, लिची, आँप, अलैची र केराका बिरुवा वितरण गरेको हो ।

कृषकको मागका आधारमा  विभिन्न फलफूलका करिब ६६ हजार २ सय ५५ बिरुवा उपलब्ध गराएको छ जसमा १०  हेक्टर क्षेत्रफलका लागि ३ हजार ५ सय कागतीका बिरुवा,  १०  हेक्टर क्षेत्रफलका लागि ३ हजार ९ सय २० सुन्तलाका  बिरुवा, ४६  हेक्टर क्षेत्रफलका लागि ६ हजार १ सय ७५ अाँपका बिरुवा, ४  हेक्टर क्षेत्रफलका लागि ९ सय २० अनारका बिरुवा, ८  हेक्टर क्षेत्रफलका लागि १ हजार ३ सय ६० लिचिका बिरुवा, १  हेक्टर क्षेत्रफलका लागि ५० हजार अलैचीका बिरुवा र ८ राेपनी क्षेत्रफलका लागि ३ सय ८० केराका विरुवा बितरण गरिएको कृषी शाखाका प्रमुख मुकेश रामजाली नेपालीले जानकारी दिए ।

पछिल्लो समयमा यस नगरका किसान फलफूल खेतीमा आकर्षित भइ फलफूल जातका बिरुवाको माग बढेकाे र किसानलाई तत्काल फाइदा पुग्ने तथा दीर्घकालीन रुपमा पहिरो रोकथाममा सहयोग पुर्याउने बिरुवा वितरण गरेकाे प्राविधिक सहायक यज्ञ बहादुर अधिकारीले जानकारी दिए । 

७५ प्रतिशत अनुदानमा विभिन्न फलफूलका बिरुवा वितरण गरेका कारण यस नगरपालिकाका कृषकहरु खुसी हुदै वडावडाबाट कार्यालयसम्म आएर बिरुवा लगेका  प्राविधिक सहायक ताेपेन्द्र नेपालीले बताए 


ताजा समाचार