Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नेपाल ब्युटिसियन संघ प्रदेश नं.५ को प्रथम भेला सम्पन्न

बुटवल । नेपाल ब्युटिसियन संघ प्रदेश नं.५ को प्रथम भेला सम्पन्न भएको छ।

आईतबार बुटवल माा सम्पन्न भएको कार्यक्रममा प्रदेश नं. ५ को १२ ओटै जिल्ला का करिब पाँच सय ब्युटिसियन हरुको उपस्थिति रहेको थियो। प्रदेश पाँचको संयोजकमा रुपन्देहीबाट विष्णु थापा निर्बिरोध चयन हुनु भएको छ ।

संघको आईतबार बुटवलमा भएको भेलाबाट समितिको उपाध्यक्षमा पाल्पाकी पुनम श्रेष्ठ, सचिवमा रुपन्देहीबाट सुनिता अर्याल, कोषाध्यक्षमा कपिलबस्तुबाट सोनिस्ता लामा चन्द, सहसचिवमा नवलपरासीबाट शान्ति राना र सहकोषाध्यक्षमा पाल्पाबाटै बविता पन्थीलाई चयन गरिएको छ ।

१५ सदस्यीय कार्यसमितिको सदस्यहरुमा बाँकी जिल्लाबाट चयन गरिएको संघकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक शान्ति शर्माले जानकारी गराउनु भयो । कार्यक्रम मा बोल्दै नेपाली कांग्रेस रुपन्देही का जिल्ला सभापति अब्दुल रज्जाक ले ब्युटिसियन संघ नेपाली कांग्रेस को दाहिने हात भएर काम गरेको उल्लेख गरे र शोदर्य नै मानिस को पहिलो परिचय रहेको समेत बताए।

कुनै पनि पुरष ले तव प्रगति गर्न सक्छ महिला हरुको साथ र सहयो हुन्छ तब मात्रै सफल हुन्छ । तसर्थ ३३ प्रतिशत हैन ५० प्रतिशत मा नै आफ्नो हक अधिकार लिएर अगाडि बढ्नुहोस कुनै पनि पद मा रहेर कामगर्न ईच्छा राखेकालाई स्थान दिने समेत बताए। यसै गरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल ले ब्युटिसियन सुन्दरता अभिवृद्धि गर्ने पेसागत रुपमा दक्षता हुनु आफैमा सक्क्षेम हुनु हो ।सबै मान्छे सुन्दर बन्न चाहन्छन ।कसैलाई पनि नराम्रो हुने रहर हुदैन त्यसैले मान्छे को सफलता संग ब्युटिसियन हरुको पेसा जोडिएको छ।दुनियाँमा सक्षम मान्छे त्यो हो जो आफ्नो सिपमा बाच्छ ।

हाम्रो समाज ले डाक्टर लाई ठुलो मान्छ तर डाक्टर आफ्नो ठाँउमा ठुलो होला तर ब्युटिसियन हरु पनि डाक्टर नै हुुुन डाक्टर संग नभएको क्षमता ब्युटिसियनहरु संग छ ।पेसा सानो ठुलो भन्ने हुदैन मान्छे श्रम गरेर जिउन सक्नु पर्छ ।देश भरि ब्युटिसियन को माध्यम बाट रोजगार गरेर जिवन गुजार्ने धेरै छन ।यो राज्यको सहयोग ले भएको होइन ब्युटिसियन हरुको अथक मिहिनेत र ईच्छा शक्ति ले भएको बताए ।

नेपाल ब्युटिसियन संघ पाल्पा को सुमित्रा राणा, शान्ति समाज का केन्द्रीय उपाध्यक्ष ग‍ोविन्द खनाल,रुपन्देही उधोग संघका अध्यक्ष गणेश अधिकारि लगात ले आफ्नो भनाई व्यक्ति गरे।नेपाल ब्युटिसियन संघ रुपन्देही कि अध्यक्ष रेनु कर्माचार्य को स्वागत ब्युटिसियन संघ रुपन्देही को सचिव केशरि पान्डे को संचालन र नेपाल ब्युटिसियन संघ प्रदेशको संयोजक शान्ताा शर्मा को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो।


ताजा समाचार