Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जुनेसिस रोगबारे अभिमुखिकरण गेष्टि

जाजरकोट । नगरपालिकाका निर्वाचित पदाधिकारी तथा कर्मचारीलाई जुनोसिस रोगवारे जानकारी गराइएको छ । पशुवाट मान्छेमा तथा मान्छेबाट पशुमा सर्ने जुनोसीस रोगबारे उनिहरुलाई जानकारी गराइएको हो ।

भेरी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाका सदस्य र कर्मचारीलाई यो रोग सर्ने तरीका, यसवाट बच्ने तरीका लगायतको बारेमा जानकारी गराइएको छ । भेरी नगरपालिका पशुपंक्षि शाखाको आयोजनामा कार्यक्रम गरिएको थियो ।

यो रोग धेरै जसो पशुपंक्षिको धुत तथा मासु सेवनबाट मानिसमा सर्ने गरेको पशुपक्षि शाखका प्रमुख धन बहादुर बि.क ले जानकारी दिए । कार्यक्रममा बु्रसेलीसीस, हाइडाटिडोसिस सिष्ट, पटके क्षयरोग लगायतका रोगको बारेमा उनिहरुलाई जानकारी गराइएको थियो ।

जुनेसिस रोगबाट नेपालमा बर्षेनि १ सय ५० देखि २ सय भन्दा बढि मान्छेहरुको ज्यान जाने गरेको छ । त्यस्तै ३ सय ५० भन्दा बढि पशुंहरुको मृत्यु हुने गरेको तथ्यांक छ ।


ताजा समाचार